पोखरा, १ मंसिर । नेपाली काँग्रेस कास्कीले अधिवेशनको बेला हुने भड्किलो प्रचारलाई रोक लगाएको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा मङ्गलबार बसेको बैंठकले त्यस्तो निर्णय गरेको हो ।
यो निर्णयसँगै अब कुनै पनि उम्मेद्वारले भड्किलो गरी प्रचार सामग्रीको प्रयोग गर्न नपाउने कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।
उम्मेद्वारले आफ्नो परिचयका लागि व्यक्तिगत रुपमा एउटा मात्रै सामग्री घाँटीमा झुन्ड्याउन सक्ने छन्, प्रवक्ता सिग्देलले भन्नुभयो, त्यसबाहेकका भड्किलो गरी अन्य प्रचार सामग्रीको प्रयोग गर्न पाइने छैन ।
त्यस्तै, निर्वाचनस्थलमा उम्मेद्वारसँग सम्वन्धित प्लेकार्ड र पर्चा वितरण गर्न पनि पाइने छैन भने व्यानर प्रदर्शनलाई समेत रोक लगाइएको छ ।
पार्टीको आन्तरीक निर्वाचनलाई स्वच्छ, मर्यादीत र भड्किलोरहित बनाउन पार्टीले त्यस्तो निर्णय गरेको प्रवक्ता सिग्देलको भनाइ छ ।
बैठकले कार्यसमितिका ११ जना आमन्त्रित सदस्यलाई पूर्ण सदस्यमा मनोनयन गरेको छ ।
Related News
सम्बन्धित समाचार
हेमजाको तीज मेलामा कमल जौशी समूह प्रथम
भगवान् कृष्ण सबैको आास्थाको केन्द्र – प्रदेश प्रमुख भट्ट
कुँडहर सहकारी र मणिपाल अस्पताल बीच सम्झौता
कास्की काँग्रेसले भेट्यो राष्ट्रपति सहित नौ मन्त्री
पोखरा १३ मा सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निशुल्क स्वास्थ्य परीक्षण
Archives
Archives