पोखरा, २१ माघ । पोखरा म्याराथनमा विजयी हुने नेपाली राष्ट्रिय धावकलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता गराइने भएको छ ।
नेपाल एथलेटिक्स् संघले पोखरा म्याराथनको आयोजक संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चलाई पत्राचार गर्दै उक्त कुरा जनाएको हो ।
नेपालकै जेठो म्याराथनको रुपमा स्थापित पोखरा म्याराथनलाई संघले मान्यता प्रदान गर्दै पत्रमा अन्तर्राष्ट्रिय मापदण्डको अनुसारको समयको आधारमा प्राथमिकताका साथ सहभागिताका लागि पहल गराइने उल्लेख गरिएको छ ।
नेपाल एथलेटिकस संघका महासचिव धनविर चौधरीले पोखरा म्याराथनको सफलताको शुभकामना व्यक्त गर्दै विजेता नेपाली धावकलाई १९ आंै सस्करणको एशियाली खेलकुदको वन्द प्रशिक्षणमा समेत छनोट गराइने भएकोले नेपाली धावकहरुले आफ्नो पदर्शनमा सुधारको अपेक्षा समेत गर्नुभएको छ ।
मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले संघको पत्रका लागि आभार व्यक्त गर्दै पोखरा म्याराथनमा विजेता धावकले यो अवसर पाउनु गर्वको विषय रहेको बताउनुभयो ।
आगामी फागुन ७ गते पोखरामा हुने खुला म्याराथन र महिला तर्फको हाफ म्याराथनको तयारी तिव्र रुपमा अघि बढिरहेको जनाउँदै अध्यक्ष पराजुलीले चैत्र १२ गते १० किमी महिला तथा पुरुष दौड, ५ किमि छात्र–छात्रा दौड र अपाङ्गतर्फका दौडहरु आयोजना गरिएको जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक वितरण
क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको छ – मन्त्री थापा
वर्षाका कारण पुरुष तथा महिला भलिबल प्रतियोगिता स¥यो
क्लव स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता जारी
प्रथम पर्वतीय दौडमा ३ राष्ट्रका १०४ धावक
Archives
Archives