दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

रासस
फागुन १४, २०७८
DBB-Dadeldhura-Accident

डडेल्धुरा जिल्ला सदरमुकाममा नजिक टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिप्पर चालक अजयमेरु–२ का २३ वर्षिय दिपकसिंह ऐर रहेको प्रहरीले जनाएको छ । शनिबार अपरान्ह अमरगढी नगरपालिका–५ बगरबाटास्थित रानिधाराको भिरबाट सुप ००१ क १८७बmउस९ नम्बरको टिप्पर दुर्घटना भएको हो । उक्त टिप्परमा दुई जना सवार रहेको बताइएको छ । करिव दुई सय मिटर तल टिप्पर खस्दा चालकको मृत्यु भएको हो । तस्वीर ः धनबहादुर भण्डारी, रासस

डडेल्धुरा १४, फागुन (रासस) : डडेल्धुरा सदरमुकाम नजिक टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा टिपर चालक अजयमेरु–२ का २३ वर्षीय दीपकसिंह ऐर रहेको प्रहरीले जनाएको छ । आज अपराह्न अमरगढी नगरपालिका–५ बगरबाटास्थित रानीधाराको भिरबाट सुप००१क १८७९ नंको टिपर दुर्घटना भएको हो ।

करिब २०० मिटर तल टिपर खस्दा चालकको मृत्यु भएको हो । जिल्ला सदरमुकामको कीर्तिपुर बजारबाट बागबजार जाने क्रममा उक्त टिपर दुर्घटना भएको हो ।

दुर्घटनामा सहचालक जिल्ला दाङ घर भएका १६ वर्षीय अशिम चौधरी घाइते भएका छन् । घाइतेको खुट्टा र छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

टिपर ब्याक गर्दा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता राजेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

  • आलुको पहाडसँगै तस्विर खिच्नेको भीड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८१
    पोखरा, २६ चैत । १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरुवातीसँगै त्यहाँ आलुको पहाडसँगै तस्बिर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिएको…
  • राजनीतिको केन्द्र सँधै जनता हुनुपर्छ ः राष्ट्रपति

    राष्ट्र न्यूज सम्वाददाता फागुन १३, २०८१
    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको आकांक्षा अनुसारको सुशासन, विकास र समृद्धिको बाटोमा नेपाललाई डो¥याउन राजनीतिक दल र नेतृत्व अग्रसर…
  • गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज

    राष्ट्र न्यूज सम्वाददाता फागुन १२, २०८१
    पोखरा, १२ फागुन । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट स्वास्थ्योपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्याले पाँच…
  • तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम

    राष्ट्र न्यूज सम्वाददाता फागुन ११, २०८१
    पोखरा, ११ फागुन । नेपाल तामाङ साँस्कृतिक घेदुङ पोखराको आयोजनामा तामाङ साँस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । पोखरा उद्योग…
  • घलेगाउँमा सिनेमा संवाद

    राष्ट्र न्यूज सम्वाददाता फागुन ११, २०८१
    चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय घलेगाउँमा ‘सिनेमा संवाद’ कार्यक्रम भएको छ विभिन्न चार सेसनमा विभिन्न विषयवस्तुमाथि गहन छलफल…