गोलीसहित विमानस्थलबाट एकजना पक्राउ

रासस
चैत्र २८, २०७८
arrest-generic_650x400_71463458726

काठमाडौँ, २८ चैत (रासस) :नेपाल प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली छिन् । प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो ।

नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद गरिएको हो । उनी झोलामा गोली लिएर जापान जान लागेकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै