मनाङ, २९ चैत (रासस) ःजिल्ला प्रहरी कार्यालयमा कार्यरत सहायक प्रहरी हवल्दार नारायण थापा मगरको रक्तचापबाट निधन भएको छ ।
गोरखा घर भई सो कार्यालयमा कार्यरत ३२ वर्षीय उनको सोमबार बेलुकी उपचारका क्रममा सामुदायिक अस्पताल लमजुङमा मृत्यु भएको हो । कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले उपचारका क्रममा थापाको मृत्यु भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार थापालाई उच्च रक्तचाप भएपछि सोमबार साँझ जिल्ला अस्पताल मनाङमा उपचारका लागि लगिएको र प्राथमिक उपचारपछि थप उपचारका लागि लमजुङ सामुदायिक अस्पताल पठाइएको थियो ।
भौगोलिक विकटताले मनाङवासीलाई सामान्य उपचार नपाएर मृत्युको मुखमा पुग्नुपर्ने बाध्यता छ । जिल्ला अस्पतालमा आवश्यक दक्ष जनशक्ति तथा सामग्री अभाव रहेको जनाइएको छ ।
समयमा सडक निर्माण गर्न नसक्नुका साथै सवारीसाधन समेतको अभावमा उपचारको पहुँचसम्म पुग्नसमेत समस्या हुने गरेको छ ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बास्तोलालाई पितृशोक
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेश
आवधिक योजना बनाएर काम गर्छु ः स्वास्थ्यमन्त्री पाठक
चट्याङ लागेर कार्यपालिका सदस्य घाईते
रसिया पुगेका थापा सम्पर्क विहिन भएपछि परिवारको विचल्ली
Archives
Archives