गण्डकी, १ जेठ (रासस) :स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
पोखरा महानगरको वडा नं १, २, १२ र २३ को तीन हजार ५०० मत गणनामा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले एक हजार ३४९ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।
त्यसैगरी नेकपा (एमाले)का प्रमुखका उम्मेदवार कृष्णबहादुर थापाले एक हजार २५० मतसहित आचार्यलाई पछ्याउनुभएको छ । उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले एक हजार ४५० मतसहित अग्रता बनाउनुभएको छ ।
उहाँका प्रतिस्पर्धी मञ्जुदेवी गुरुङले एक हजार ४०५ मतसहित रानाभाटलाई पछ्याइरहनुभएको छ ।
Related News
सम्बन्धित समाचार
एन प्याव्सन कास्कीको २६ औ वार्षिक साधारण सभा
होटल संघद्वारा पर्यटकलाई निशुःल्क बसोबास र खानपान
अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन
राष्ट्रिय माविको हीरक महोत्सव
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
Archives
Archives