फुङ्लिङ, ३ असार (रासस)ःनिरन्तर वर्षा र पाढीपहिराका कारण सिदिङवा गाउँपालिका र सिरिजङ्गा गाउँपालिका भित्रका सबै शैक्षिक संस्थाहरु बन्द भएको छ ।
निरन्तर वर्षाले खोलामा पानीको सतह बढेको र विद्यालय जाने बाटोहरु भत्किएर जोखिम भएसँगै गाउँपालिकाले विद्यालयहरु बन्द गरिएको हो ।
निरन्तरण वर्षा पहिराका कारण अर्को सूचना प्रकाशन नगरेसम्मका लागि स्कुल बिदाको निर्णय गरिएको सिदिङवा गाउँपालिकाका सूचना अधिकारी सेमन्त भट्टराईले बतानुभयो ।
सदिङवा गाउँपालिकाले बिहीबारदेखि नै विद्यालय बन्द गरेको छ भने सिरिजङ्गा गाउँपालिकाले आजदेखि अर्को सूचना प्रकाशन नगरेसम्मको लागि गाउँपालिका भित्रको सबै विद्यालयहरु बन्द गर्ने निर्णय भएको सिरिजङ्गा गाउँपालिकाको उपाध्यक्ष चित्र माबोले बताउनुभयो ।
उहाँले भन्नुभयो, “खोलामा पानीको सतह बढेको छ । विद्यालय आउने जाने बाटो भत्किएपछि आउन जान नसक्ने भएपछि अर्को सूचना नआएसम्मका लागि शैक्षिक संंस्थाहरु बन्द गर्ने निर्णय भएको छ ।”
Related News
सम्बन्धित समाचार
पोखरामा अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो
सय दिने अभियानको तयारीमा कास्की काँग्रेस
१३ औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर
जति काम गर्न सक्यो त्यो नै प्रदेशमाथि उठेको प्रश्नको जवाफ हो ः मुख्यमन्त्री पाण्डे
२० औं लेखनाथ महोत्सव पुस दोस्रो साता
Archives
Archives