????
पोखरा, २९ असोज : होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक १० गते १५ औं भाइटिका महोत्सव २०७९ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा यो महोत्सव हुन लागेको हो ।
कोभिड १९ लगायत विविध कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुबेदीले आपसी भाइचार अभिवृद्धि गर्दै पर्यटन पुनरुत्थानमा महोत्सवले सघाउने विश्वास व्यक्त गर्नुभयो । ।
कोभिडकै कारण अघिल्ला दुई बर्ष यस्तो महोत्सव हुन नसके पनि विगत बर्षदेखि यसलाई पुनः निरन्तरता दिन थालिएको महोत्सवका संयोजक एवं संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो। महोत्सवका विभिन्न देशका पर्यटकले भाग लिने र कतिपय दोहोर्याएर समेत टिका लगाउन आउने अपेक्षा गरिएको श्रेष्ठले सुनाउनुभयो ।
Related News
सम्बन्धित समाचार
राजनीतिको केन्द्र सँधै जनता हुनुपर्छ ः राष्ट्रपति
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम
घलेगाउँमा सिनेमा संवाद
अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्यलाई थप उपचारका लागि काठमाण्डौ लगियो