काठमाडौँ, ३ कात्तिक (रासस) ःप्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित विभिन्न क्षेत्रबाट २१ जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काठमाडौँबाट खटिएको प्रहरीको टोलीले उनीहरूबाट ३३.४ ग्राम खैरो हेरोइन, १५ किलो गाँजा र दुई हजार १४० पिस लागुऔषध एम्पुल बरामद गरेको ब्युरोले आज एक सूचना जारी गरी जनाएको छ ।
उनीहरूका साथबाट रु ११ लाख २५ हजार ५०० समेत बरामद गरिएको ब्युरोका प्रवक्ता योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो । पक्राउ पर्नेमा सोलुखुम्बुका ग्याल्जेन शेर्पा, इलामका दिनेश तामाङ, सिर्जना राई, कृष्ण तामाङ, सरोज राई, नुवाकोटका कृण्णबहादुर राई र सरोज राई, सर्लाहीका रञ्जित गोले, धादिङका शर्मिला तामाङ रहेका छन् ।
यस्तै नियन्त्रित लागुऔषधसहित पर्साका सन्दीप दास, मेलिना भण्डारी, उपेन्द्र कुशवाह र दिपुप्रसाद कुशवाह, चितवनका, श्रीकृष्ण भण्डारी, पर्साकै कृशन शाह, चन्दन महतो, सुवास सहनी र सप्तरीका चन्दनकुमार दासलाई पनि पक्राउ गरिएको छ ।
यस्तै भारत मधुवनीका शम्भुकुमार साह, भारत मेघालयका सन्दीप शर्मा, गोरखाका सचिन देवकोटालगायतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूका साथबाट रु १३ लाख ६२ हजार मूल्य बराबरको लागुऔषध बरामद भएको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
राजनीतिको केन्द्र सँधै जनता हुनुपर्छ ः राष्ट्रपति
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम
घलेगाउँमा सिनेमा संवाद
अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्यलाई थप उपचारका लागि काठमाण्डौ लगियो