पोखरा, १ माघ । आज देशभर माघे संक्रान्ति पर्व मनाइँदैछ ।
यसदिन बिहानै जलाशयमा स्नान गर्नाले पुण्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ । संक्रान्तिको दिन तरुल, सखरखण्ड, पिँडालु, वनतरुल, घ्यू, चाकु, तिलका परिकार, खिचडी खाने चलन छ । आजकै दिन उत्तरायण प्रारम्भ हुने भएकाले दिनभन्दा रात छोटा हुनेछन् ।
माघे संक्रान्तिको अवसरमा पोखरामा पनि विभिन्न संस्थाले मेला, महोत्सव जस्ता कार्यक्रम आयोजना गरेका छन् ।
माघे संक्रान्ति थारु र मगर समुदायले विशेष रुपमा मनाउने गरेपनि पछिल्लो समय यो पर्व सबैजसो मनाउने गरेको पाइन्छ ।
Related News
सम्बन्धित समाचार
राजनीतिको केन्द्र सँधै जनता हुनुपर्छ ः राष्ट्रपति
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम
घलेगाउँमा सिनेमा संवाद
अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्यलाई थप उपचारका लागि काठमाण्डौ लगियो