पोखरा महोत्सवमा निःशुल्क स्वास्थ्य जांच

राष्ट्र न्यूज सम्वाददाता
माघ ३, २०७९
health chekup photo @ pokhara mahotsav (1)

पोखरा, ३ माघ । पोखराको अमरसिंहचौरमा जारी पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकहरुले निःशुल्क स्वास्थ्य जांचको समेत सेवा लिन पाउने भएका छन् ।

महोत्सवमा आउने दर्शकहरुलाई लक्षित गरी आयोजक युनाइटेड क्लबले लाइफ केयर डाइनोष्टिक सेन्टर न्युरोड, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर रानीपौवा र नरहरी पोलिक्लिनीक रामबजारको सहयोगमा निःशुल्क रुपमा सुगर र प्रेसरको चेकजांचको ब्यवस्था मिलाएको महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिनुभयो ।

प्रेसर र सुगरसंगै महोत्सवमा आउने दर्शकहरुले तीन वटै स्वास्थ्य संस्थाबाट अन्य चेकजांचमा ५० प्रतिशत छुट पाउने महोत्सवका प्राथमिक उपचार संयोजक नरहरि पनेरुले जानकारी दिनुभयो । महोत्सवको सातौ दिनमात्रै दुई सय जनाले सुगरको निःशुल्क परिक्षण गरेका छन् । महोत्सवमा प्रत्येक दिन सुगर र प्रेसरको निःशुल्क परिक्षण गराइएको छ ।

महोत्सवको सातौ दिन सम्म आइपुग्दा साढे तीन करोडको कारोवार भएको र असी हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक सूर्य बहादुर बानियाले जानकारी दिनुभयो ।

महोत्सवमा विशेष गरी जाडो यामका सामाग्री, घरायसी प्रायोजनको सामाग्री, विद्युतीय प्रयोजनका सामाग्री संगै तरकारीजन्य सामाग्रीहरुको बिक्री वितरण भएको छ ।

महोत्सवमा दैनिक लोकदोहोरी प्रस्तुती भैरहेको  र महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता पनि जारी रहेको क्लबका अध्यक्ष राजु श्रेष्ठले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै