पोखरा, ९ माघ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने भएको छ ।
सोमबार कार्यबहाक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा बसेको बैठकले आफ्ना संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने निर्णय गरेको महासचिव गोविन्द सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने र हरेक वर्ष पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिने छ ।
महासंघ गण्डकीले ५ लाख रुपैयाँ तत्काल कोषमा राख्ने र बाँकी ५ लाख रुपैयाँ प्रदेश अन्तर्गतका जिल्ला शाखा र शुभचिन्तकहरुसंग समन्वय गरेर जुटाउने छ ।
उक्त कोषबाट ‘त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ हरेक वर्ष प्रदेश भरका पत्रकार मध्यबाट एक पत्रकारलाई (पछि कार्यविधि तय भए अनुसार) प्रदान गरिनेछ ।
पत्रकार महासंघ गण्डकीले सोमबार नै स्वर्गीय पत्रकार पौडेलको निवासमा पुगेर श्रद्धाञ्जलीसभा गरेको छ ।
यही माघ १ गते काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना हुँदा त्यसमा सवार ७२ जना सहित पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष ३७ वर्षीय पौडेलको पनि निधन भएको हो ।
स्वर्गीय पौडेल नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य र पत्रकार महासंघ गण्डकीको सल्लाहकार हुनुहुन्थ्यो ।
Related News
सम्बन्धित समाचार
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
एन प्याव्सन कास्कीको २६ औ वार्षिक साधारण सभा
होटल संघद्वारा पर्यटकलाई निशुःल्क बसोबास र खानपान
अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन
Archives
Archives