पोखरा, २५ माघ । गण्डकी प्रदेश प्रहरी प्रमुख बुद्दिराज गुरुङले पोखरा भित्र कार्यरत ट्राफिक प्रहरी सँग अन्तरक्रिया गर्नुभएको छ ।
शहरी क्षेत्रहरुमा दिनहु बढ्दै गईरहेको सवारी चाप र अपर्याप्त जनशक्तिका बाबजुद सडक र सवारी व्यवस्थापनमा परेका समस्या र समाधानका लागि अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदै प्रहरी नायव महानिरीक्षक गुरुङले निरन्तर जनसम्पर्कमा रहने ट्राफिक प्रहरीले कार्यसम्पादनमा उच्च व्यवसायिकता प्रदर्शन गर्नुपर्ने बताउनुभयो ।
प्रहरी आचरण उल्लंघन गरी गरिने कुनैपनि गतिविधिहरु आफुबाट क्षम्य नहुने उहाँको भनाइ थियो । त्यस अवसरमा उहाँले त्रुटिहरु नदोहोरीने गरी काम गर्न पनि निर्देशन दिनुभयो ।
Related News
सम्बन्धित समाचार
दियालो कृषि सहकारीको १३ औं वार्षिक साधारण सभा
गुणस्तरमा कुनै सम्झौता हुदैन— प्रमुख पौडेल
प्रतिभा माविमा फुटसल प्रतियोगिता
पोखराबाट घान्द्रुक जाँदै गरेको स्कारपियो दुर्घटनाबाट, ५ जना घाईते
गण्डकीमा खेलाडी दर्ता पुष ९ गते सम्म, २० गते सम्म खेल संघ नविकरण नगरे खारेज हुने
Archives
Archives