पोखरा, ४ फागुन । गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले सार्वजनिक विदालाई न्युनिकरण गर्न सरकारको ध्यानार्कषण गराउनु भएको छ ।
बुधबार सदनमार्फत उहाँले ध्यानार्कषण गराउनु भएको हो । प्रदेश सभाको शुन्य समयमा बोल्दै थापाले नेपालमा सरकार परिवर्तन सँगै सार्वजनिक विदा थप्ने होडबाजी नै चलिरहेको उल्लेख गर्नुभयो ।
फागुन महिनामा मात्रै १० दिन सार्वजनिक विदा हुँदा सर्वसाधारणहरु मारमा परेको उहाँको भनाइ छ । अनावश्यक रुपमा थपिएको सार्वजनिक विदाले विनास मात्रै गर्ने विकास नगर्ने हुँदा घटाउनुपर्ने बताउनुभयो ।
‘सार्वजनिक विदा एक किसिमको अघोषित नेपाल बन्द जस्तै हो । अनावश्यक रुपमा थपिएको सार्वजनिक विदाले विकास होइन विनास गर्छ । विदालाई न्युनिकरण गर्न सभामुख र प्रदेश सरकार मार्फत संघीय सरकारलाई ध्यानार्कषण गराउँछु ।’,उहाँले भन्नुभयो ।
Related News
सम्बन्धित समाचार
राजनीतिको केन्द्र सँधै जनता हुनुपर्छ ः राष्ट्रपति
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम
घलेगाउँमा सिनेमा संवाद
अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्यलाई थप उपचारका लागि काठमाण्डौ लगियो