पोखरा, ७ चैत । चैत्र २६ गतेदेखि वैशाख ३ गतेसम्म हुने ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई सफल बनाउन हेमजाका आमा समूहले सक्दो सहयोग गर्ने भएका छन् ।
मूल आयोजक समितिले गरेको आमा समूहको भेलामा आलु महोत्सवले हेमजालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएको भन्दै सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरिएको छ ।
कामधेनु महिला कृषक समूहको प्रतिनिधित्व गर्दै पार्वती बानियाँ, तिब्रेकोट आमा समूहकी उषा कुँवर, सृजनशिल मिलन आमा समूहकी मिना कुँवर, सिद्धिविनायक आमा समूहकी पार्वती थापा, राधा कृष्ण आमा समूहकी सृजना सापकोटा, देविस्थान आमा समूहकी बुद्ध कुँवर,सृजनशील आमा समूहकी गीता बराल अधिकारीलगायतले महोत्सवका लागि विभिन्न सुझाव दिनुभएको थियो ।
भेलाले आलु महोत्सवमा हेमजा लगायत यस क्षेत्रका बासिन्दाको सहभागिता बढाउने निर्णय पनि गरेको छ ।
भेलामा मूल आयोजक समिति संयोजक सुविन श्रेष्ठ,महासचिव वसन्तकुमार श्रेष्ठ,आमा समूह परिचालन उप समिति संयोजक उमा भुर्तेल पौडल, सांस्कृतिक उपसमिति संयोजक दान बहादुर थापा लगायतले सहजीकरण गर्नुभएको थियो ।
महोत्सव आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी,आलुको पहाड,आलुका विभिन्न परिकार,विविध सांस्कृतिक कार्यक्रम,रत्यौली प्रतियोगिता,कृषि कविता प्रस्तुति ,प्रदेशस्तरीय कृषि दोहोरी गीत प्रतियोगिता,कृषि झाँकी प्रतियोगिता,पप कन्सर्ट,हाँस्य कलाकारको प्रस्तुति,जापानीय सुन्तला,च्याउ,कफी,चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्यकृषि यन्त्रको प्रदर्शनी लगायत रहने छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम