उद्गम टोल विकास संस्थाको साधारण सभा

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २२, २०७९
Udgam

पोखरा, २२ चैत । पोखरा महानगरपालिका वडा नं १३ स्थित उद्गम टोल विकास संंस्थाको सातौं साधारण सभा सम्पन्न भएको छ ।

त्यस अवसरमा संस्थाका सदस्यका छोराछोरी मध्य विभिन्न शैक्षिक तह उतिर्ण गर्ने अस्विन बास्तोला र रुफिन सुवेदीलाई सम्मान गरिएको थियो । त्यस्तै खेलाडि युवराज भण्डारीलाई सम्मान गरिएको थियो ।

टोल बाट स्थानान्तरण हुनुभएका सरस्वती गुरुङ, रेविका गुरुङ, देवी कुमारी गुरुङलाई पनि सम्मान गरिएको थियो । साधारण सभाले सचिव यम नारायण बास्तोलाले प्रस्तुत गर्नुभएको वार्षिक र कोषाध्यक्ष राम बहादुर गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १३ का वडाध्यक्ष किरण बरालले विकास निर्माण आफ्नो प्राथमिकता भएकाले सबै सँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा तीन अंचुरे टोल विकास संस्थाका अध्यक्ष इन्द्र कुँवर, कैलाश टोल विकास संस्थाका अध्यक्ष टीकाराम शर्मा भण्डारी, सितल टोल विकास संस्थाका अध्यक्ष नवराज वस्नेत, लामोडहर टोल विकास संस्थाका अध्यक्ष दुर्गा बहादुर गुरुङ, संस्थाका सदस्य नन्दराज गुरुङ र गङ्गा प्रसाद सुवेदी लगायतले बोल्नुभएको थियो ।

उद्गम टोल विकास संस्थाका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शान्ता श्रेष्ठले स्वागत र सचिव यमनारायण बास्तोलाले संचालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै