पोखरा, २५ चैत । यही चैत २९ गतेबाट पोखरामा संचालन हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सवमा सहभागिताका लागि होटल संघ पोखरा नेपालले काठमाडौंवासिलाई निमन्त्रण प्रदान गरेको छ ।
संघले हालै काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली संस्कृतिको संरक्षण गर्दै नयाँ बर्षलाई धुमधामका साथ मनाउन लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्म आयोजना हुने महोत्सवमा भाग लिन राजधानीवासीलाई आग्रह गरेको हो । पर्यटन, संस्कृति र खानालाई जोड दिएर आयोजना हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सो अवसरमा जानकारी दिइयो ।
संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले महोत्सवका अवसरमा प्रकाशित दररेटमा संघ अन्तर्गतका होटलले २० प्रतिशत छुटको समेत घोषणा गरेको जानकारी दिनुभयो ।
नेपाली नयाँ वर्ष महोत्सवले कोभिड– १९ पछि सुस्ताएको पर्यटनलाई पुनरुत्थान गर्दै लयमा ल्याउने अपेक्षा अध्यक्ष सुवेदीले व्यक्त गर्नुभयो । अहिले पोखरामा होटलको अकुपेन्सी ८० देखि ९० प्रतिशत हुनुपर्नेमा मुश्किलले ३० प्रतिशत रहेको उहाँको भनाइ छ ।
होटल संघ नेपालका द्वितीय उपाध्यक्ष प्रवीणवहादुर पाण्डेले पोखरालाई साहसिक पर्यटनको राजधानीको रुपमा विकास गरिनुपर्ने सुझाव राख्नुभयो ।
संघका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष भरतराज पराजुलीले कला र संस्कृतिको जगेर्ना नै फेवा महोत्सवको मूल उद्धेश्य भएको बताउनुभयो ।
पत्रकार सम्मेलनको संचालन संघका महासचिव एवं प्रचार संयोजक राजेन्द्र ढकालले गर्नुभएको थियो । बाह्रसिंगे वियर महोत्सवको प्रायोजक र अन्नपूर्ण केवलकार प्रालि सहप्रायोजक रहेका छन् । नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गर्ने कार्यक्रमलाई पोखरा महानगरपालिकाले सघाएको छ ।
Related News
सम्बन्धित समाचार
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न