परिवर्तन हुने भयो गण्डकी प्रदेश सरकार

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ९, २०८०
Gandaki-province

पोखरा, ९ वैशाख । गण्डकी प्रदेश सरकार परिवर्तन हुनेभएको छ ।

मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन असफल भएपछि सरकार फेरिने भएको हो ।

मुख्यमन्त्री अधिकारीले प्रदेश सभा बैठकमा शनिवार विश्वासको मत पाउँ भनि गरेको प्रस्तावमा बहुमत प्राप्त गर्न सक्नु भएन । उहाँको पक्षमा २४ र विपक्षमा ३५ मत खसेको छ ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आव्हान गरेसँगै थप प्रक्रिया अघि बढ्ने छ ।

अब गण्डकी प्रदेश सभाको ठूलो दल नेपाली काँग्रेसको नेतृत्वमा सरकारका बन्ने सम्भावना बलियो बनेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै