विद्यार्थीले लाइव मान्छेको चित्र कोरेर प्रदर्शन गरे

राष्ट्र न्यूज सम्वाददाता
जेठ २८, २०८०
Hill 2

पोखरा, २८ जेठ । हिल प्वाइन्ट मा. वि. माटेपानी, पोखरा–१२ को ललितकला विभागले प्रायोगिक कक्षाका रुपमा एक दिने प्रत्यक्ष चित्रकला घुम्ती कार्यक्रम गरेको छ।

कार्यक्रम बागलुङ कालिका मन्दिर परिषर र कुश्माको अग्लो झोलुङ्गे पुलमा गरिएको हो। चित्रकारले आफ्नो ग्यालरी वा घरमा हैन बाहिर जनताका माझमा गएर जनताकै अगाडि उनीहरुले हेर्दाहेर्दै तत्काल चित्र कोर्नु पर्छ भन्ने ज्ञान विद्यार्थीलार्ई दिन कार्यक्रम गरिएको हो।

त्यसक्रममा जसको चित्र कोरिएको थियो त्यो चित्र उनै व्यक्तिलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा लाइव पोट्रेट, लाइव स्केच, चित्रकला कार्यशाला र चित्रकला प्रदर्शनी चार वटा विधा एकैपटक सञ्चालन गरिएको प्राचार्य दिवाकर जैसीले जानकारी दिनुभयो ।

कार्यक्रममा कक्षा ११ का विद्यार्थी र शिक्षक बाबुराम बस्ताकोटी, सुरेन्द्र अधिकारी, सुदिन श्रेष्ठको सहभागिता रहेको थियो।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै