पोखरा,२४ असार । नेपाल परिवार नियोजन संघ कास्कीको ४२ औं वार्षिक साधारण सभा तथा अधिवेशनले आगामी तीन वर्षका लागि नवीन सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको कोषाध्यक्षमा विष्णु प्रसाद दाहाल, महिला सदस्य सविना तिमिल्सिना, दिक्षा पराजुली, किशोरी युवा सदस्य सपना थापा, क्रिसा सिग्देल, विशेषज्ञ सदस्य वीरेन्द्र बास्तोला, क्षेत्र बहादुर क्षत्री, गिता कुमारी जोशी र मन कुमारी गुरुङ शेरचन रहनु भएको छ ।
निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन अधिकृत प्रकाशचन्द्र त्रिपाठी र निवर्तमान सभापति निरञ्जन प्रसाद श्रेष्ठले प्रमाण पत्र वितरणसँगै बधाई ज्ञापन गर्नुभएको थियो । साधारण सभाले सचिव निशा भण्डारी र कोषाध्यक्ष राजेश अधिकारीको प्रतिवेदन पारित गरेको छ ।
साधारण सभा उद्घाटन जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले समाजको आवश्यकतालाई बुझेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस अवसरमा नेपाल परिवार नियोजन संघका महासचिव अर्जुन सिग्देल, शाखाका पूर्व अध्यक्ष एवं पोखरा २ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्ग, जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्रि आचार्य, पूर्व केन्द्रीय सदस्य विश्वमोहन गौचन, साधारण सदस्यहरुको तर्फबाट सोभियत बहादुर अधिकारीले बोल्नुभएको थियो ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति निरञ्जन प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति नवीन सिग्देलले स्वागत र सचिव निशा भण्डारीले संचालन गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
सतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बास्तोलालाई पितृशोक
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेश
आवधिक योजना बनाएर काम गर्छु ः स्वास्थ्यमन्त्री पाठक
चट्याङ लागेर कार्यपालिका सदस्य घाईते
Archives
Archives