पोखरा,३१ साउन । तमुहरुले पोखरामा धुमधामका साथ साँस्कृतिक पर्व ट्होटें मनाउनुभएको छ ।
पोखरा महानगरपालिका वडा नं.११ रानीपौवाबाट मौलिक भेषभुषा, बाजागाजा, झाँकी, सँस्कृतिसहित शुरु भएको ट्होटें र्याली महेन्द्रपुल, नयाँबजार हुदै तमु धिं नेपालमा पुगेर समारोहमा परिणत भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले संघ संस्था, समुदायका सवालमा सबैभन्दा नजिकको सरकार स्थानीय सरकारसँग सहमति, सहकार्य, समन्वय गरी अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले पोखरा महानगरपालिकाको सहयोग र तमु धिं नेपालको सहभागितामा ३८ लाख रुपैयामा नवनिर्मित रोधिं हल उद्घाटन गर्नुभएको थियो ।
तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म तमुले तमुहरुको पहिचानको प्रतिकको रुपमा रहेको तमु ह्युल चोक स्थानान्तरण नगर्न चेतावनी दिनुभयो ।
कार्यक्रममा आदिवासी जनजाति महासंघ गण्डकीका अध्यक्ष धर्म बहादुर गुरुङ, तमु धिं नेपालका कार्यसमिति सदस्य कृष्णकुमार गुरुङले बोल्नुभएको थियो ।
त्यस अवसरमा युकेका पुर्व उपमेयर एवम काउन्सिलर लक्ष्यबहादुर गुरुङलाई स्वागत सम्मान, कञ्चन पत्रकारिताबाट पुरस्कृत कास्की आवाजका प्रधान सम्पादक एवं तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई बधाई ज्ञापन गरिएको थियो ।
ट्होटे र्यालीमा चिउली पार्चे तमु समाज प्रथम हुदै ह्याट्रिक गर्न सफल हुदै ३० हजार नगदसहित ट्रफिबाट परस्कृत भएको छ । दोश्रो हुने ताङतिङ दुधपोखरी तमु र बे्रज मेश्रों घान्द्रुक तमु समाज तेश्रो हुदै क्रमशः २० हजार र १५ हजार नगद, ट्रफिसहित पुरस्कृत भए ।
यसरी नै विशेष साँस्कृतिक झाँकी पुरस्कार फुलवारी तमु समाजले हात पार्दैै १० हजार र डडुवा दुर्छा तमु समाज, बाँझापाटन तमु समाज, सूर्यमुखी तमु समाज र कोल्मा बहाकोट तमु समाज ५÷५ हजारसहित सान्त्वना पुरस्कार प्राप्त गरे ।
Related News
सम्बन्धित समाचार
पोखरामा अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो
सय दिने अभियानको तयारीमा कास्की काँग्रेस
१३ औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर
जति काम गर्न सक्यो त्यो नै प्रदेशमाथि उठेको प्रश्नको जवाफ हो ः मुख्यमन्त्री पाण्डे
२० औं लेखनाथ महोत्सव पुस दोस्रो साता
Archives
Archives