तेर्सापट्टिमा निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविर

राष्ट्र न्यूज सम्वाददाता
भाद्र ९, २०८०
TERsapatti

पोखरा, ९ भदौ । बुहारी समूह पोखरा – ३ तेसापट्टिको आयोजनामा शनिवार निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नेपाल परिवार नियोजन ंसंघ कास्कीको प्राविधिक सहयोग तथा विद्याज डाइट एण्ड फिटनेस सेन्टर प्रा.लि र पोखरा महानगरपालिका वडा नं ३ कार्यालयको सहयोगमा कार्यक्रम गरिएको हो ।

पोखरा महानगरपालिकाको तेर्सापट्टि स्थित श्रीवन्त किर्ति बिहारमा आयोजित शिविरमा करिब चार सय बढीको स्वास्थ्य परिक्षण गरिएको थियो ।
शिविर उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष प्रकाश उदासले यस प्रकारका शिविरहरुले महिलाहरुको प्रजनन् स्वास्थ्यमा ब्यापक सुधार ल्याउन सहयोग गर्ने उल्लेख गर्नुभयो । उहाँले जनताको आवश्यकता र चाहानालाई बुझेर आफूले काम गर्ने प्रयास गरिरहेको बताउनुभयो ।

नेपाल परिवार नियोजन संघ कास्की शाखाका सभापति नवीन सिग्देलले स्थानीय सरकारसँगको सहकार्यमा कार्यक्रम गर्न पाउँदा खुशी व्यक्त गर्दै अब छिट्टै वडा सँग मिलेर अन्य कार्यक्रमहरु गर्ने अपेक्षा रहेको बताउनुभयो ।

त्यस अवसरमा पोखरा महानगरपालिका वडा नं ३ का सचिव चन्द्रावती वाग्ले, नेपाल परिवार नियोजन संघ कास्कीका वरिष्ठ शाखा प्रबन्धक नबराज तिवारी, विद्याज डाइट एण्ड फिटनेस सेन्टर प्रा.लिका श्रीबिद्या कायस्थ लगायतले बोल्नुभएको थियो ।

बुहारी समूहका अध्यक्ष निलम उदासको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एलिशा श्रेष्ठले स्वागत र सचिव ज्योती उदासले संचालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

  • आलुको पहाडसँगै तस्विर खिच्नेको भीड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८१
    पोखरा, २६ चैत । १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरुवातीसँगै त्यहाँ आलुको पहाडसँगै तस्बिर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिएको…
  • राजनीतिको केन्द्र सँधै जनता हुनुपर्छ ः राष्ट्रपति

    राष्ट्र न्यूज सम्वाददाता फागुन १३, २०८१
    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको आकांक्षा अनुसारको सुशासन, विकास र समृद्धिको बाटोमा नेपाललाई डो¥याउन राजनीतिक दल र नेतृत्व अग्रसर…
  • गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज

    राष्ट्र न्यूज सम्वाददाता फागुन १२, २०८१
    पोखरा, १२ फागुन । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट स्वास्थ्योपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्याले पाँच…
  • तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम

    राष्ट्र न्यूज सम्वाददाता फागुन ११, २०८१
    पोखरा, ११ फागुन । नेपाल तामाङ साँस्कृतिक घेदुङ पोखराको आयोजनामा तामाङ साँस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । पोखरा उद्योग…
  • घलेगाउँमा सिनेमा संवाद

    राष्ट्र न्यूज सम्वाददाता फागुन ११, २०८१
    चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय घलेगाउँमा ‘सिनेमा संवाद’ कार्यक्रम भएको छ विभिन्न चार सेसनमा विभिन्न विषयवस्तुमाथि गहन छलफल…