पोखरा, २० भदौ । नेशनल प्याव्सन कास्कीको आठौं जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
निर्वाचन समितिका संयोजक तथा नेशनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष याम खड्काले निर्वाचित नयाँ कार्यसमितिलाई पदस्थापन गर्नुभएको हो ।
आठौ जिल्ला अधिवेशनबाट अध्यक्षमा हेमन्त अधिकारी, उपाध्यक्षमा मनकाजी गुरुङ, सचिवमा प्रेमराज अधिकारी, कोषाध्यक्षमा राजु केसी, सदस्यहरुमा रमेशराज पौडेल, अर्जुनप्रसाद अधिकारी, ज्ञानेन्द्रबहादुर थापा, अर्जुन प्रसाद पाण्डे, राजु कायस्थ, तोलाकान्त न्यौपाने, शिवराज पौडेल, सञ्जय पौडेल र हरिराज अधिकारी निर्वाचित हुनभएको हो ।
पदस्थापन कार्यक्रममा निवर्तमान सचिव मनकाजी गुरुङले वर्तमान सचिव प्रेमराज अधिकारीलाई माइन्युट र निवर्तमान कोषाध्यक्ष रत्ना कुमारी गुरुङले बर्तमान कोषाध्यक्ष राजु कायस्थलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले सवैलाई समेटेर संस्थालाई मजवुद बनाएर लैजाने प्रतिवद्धता जनाउनुभयो ।
‘निजी विद्यालयलाई तहसनहत वनाउन सरकारले एक पछि अर्को गर्दै निति तथा विधेयक ल्याउने काम गरेको छ’ उहाले भन्नुभयो, ‘यस्तो अवस्थामा संगठनमा आवद्ध सवै एक जुट भएर हिड्नुको विकल्प छैन ।’
एन प्याव्सनका केन्द्रीय सल्लाहकार ज्ञानेन्द्रमोहन भट्टराईले निर्वाचित नयाँ कार्यसमितिले संस्था गरिमा बढाउन तर्फ लाग्नुपर्ने बताउनुभयो ।
एन प्याव्सनका गण्डकी प्रदेश अध्यक्ष रामबहादुर मोचीले अहिलेको संघिन घडिमा नयाँ कार्यसमिति आएको बताउदै आउने जस्ता सुकै समस्यालाई पार गर्न यो समिति लागि पर्नुपर्ने उल्लेख गर्नुभयो ।
अध्यक्षका प्रत्यासी केशवशरण पौडेलले संस्थाले दिएको हरेक जिम्मेवारी पुरा गर्न आफु सधै प्रतिवद्ध रहेको बताउनुभयो ।
निर्वाचन समितिका संयोजक एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष याम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समिति सदस्य तथा एन प्याव्सनका केन्द्रीय सदस्य राम बहादुर थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना
जापानका सांसद र नगर प्रमुख आचार्यबीच भेटवार्ता
Archives
Archives