पोखरा, ५ असोज । पोखराको चर्चित डि–मर्चा व्याण्डले भ्रष्टाचार विरोधी गीत बजारमा ल्याएको छ ।
डि–मर्चाले ‘भ्रष्टाचारीलाई किरा परोस्’ बोलको गीत ल्याएको हो । हालसालै मात्र रेकर्ड भएको सो गीतको भिडियो डि–मर्चाले यूट्यूवमार्फत सार्वजनिक गरेको छ ।
डि–मर्चाको यो गीतको भोकलमा भाष्करध्वज श्रेष्ठ, बेस गिटारमा बिरेन्द्र पुन, लिड गिटारमा रोहित रञ्जित र ड्रममा कुशल गुरुङ रहनुभएको छ । बिरेन्द्र पुनको परिकल्पनामा भएको गीतको लेखन रोसन भट्टराईले गर्नुभएको हो ।
गीतको भिडियोको निर्देशन लिड गिटारिष्ट रोहित रञ्जितले गर्नुभएको छ भने गीतमा दाह्री ग्याङका सदस्यहरुको अभिनय रहेको व्याण्डका भोकलिष्ट भाष्करध्वज श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठले भ्रष्टाचारले देश थिलथिलो भएकाले त्यसबिरुद्ध जागरुक बनाउन गीतमार्फत सन्देश दिने उद्देश्यले गीत बनाएको बताउनुभयो । ‘भ्रष्टाचार मुक्त समाज बनाउने । भ्रष्टाचार गर्नेलाई पनि अबदेखि भ्रष्टाचार गर्न हुन्न भन्ने बनाउने सन्देश दिनु गीतको मूल उद्देश्य हो’–उहाँले भन्नुभयो ।
गीतका परिकल्पनाकार बिरेन्द्र पुनले भ्रष्टाचारले युवा देशमा बस्न सक्ने स्थिति नरहेकाले त्यसबिरुद्ध जनमत बनाउने आफूहरुको उद्देश्य रहेको बताउनुभयो ।
शुरुमा हामीले ‘जनताको समस्या’ गीतमार्फत जनताको समस्याहरु उजागर ग¥यौं,उहाँले भन्नुभयो,‘त्यसपछि ‘नेताज्यू नमस्कार’ गीतमार्फत हामीले समस्या समाधानका लागि सरकार र नेताहरुलाई आग्रह ग¥यौं । तर समस्या समाधान हुनुको सट्टा झन् विकराल बन्दै गएकाले ‘भ्रष्टाचारीलाई किरा परोस्’ भनेर भ्रष्टाचार नगर्न खबरदारी गरेका हौं ।’
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गर्ने
गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठी
नाटक ‘करेसा कन्सर्ट’ शनिवार मञ्चन हुने
जरोटुप्पोमा विनोद गौचनको ६९ औं जन्मजयन्ती
पोखरामा नाटकको अन्तर्राष्ट्रिय सेमिनार हुँदै
Archives
Archives