पोखरा, ९ असोज । पोखरामा हुने ईन्टर कलेज व्याण्ड कम्पिटिसन हेर्न जाने दर्शकलाई निःशुल्क सिम वितरण गरिने भएको छ ।
पोखरा सांगीतिक कलाकार संघको आयोजनामा यहि असोज १२ र १३ गते हुने सो प्रतियोगिता हेर्न जाने दर्शकलाई नेपाल टेलिकमको सिम निःशुल्क वितरण गरिने भएको हो ।
दर्शकले काटेको टिकटको आधारमा सिम वितरण गरिने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिनुभयो । सिम वितरणका लागि नेपाल टेलिकमले स्टल राख्ने उहाँको भनाई छ । सिममा व्यालेन्स कति हुन्छ भन्नेबारेमा भने नेपाल टेलिकमले निर्णय गरिसकेको छैन ।
प्रतियोगितामा करीब २५ टिमले प्रतिष्पर्धा गर्ने संघका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिनुभयो । फारम भर्ने क्रम सकिएर अहिले डिजिटल अडिसनका लागि व्याण्डहरुले पठाएको भिडियो हेरेर छनौट गर्ने काम भइरहेको उहाँले बताउनुभयो । प्रतिष्पर्धाका लागि संघले यसअघि फारम भर्नका लागि आह्वान गरेको थियो ।
प्रतियोगिता असोज १२ र १३ गते पोखरा प्रदर्शनी केन्द्र परिसरमा रहेको डोममा आयोजना हुँदैछ । प्रतियोगितामा कक्षा ८ देखि माथि स्नातकोत्तरसम्म अध्ययनरत विद्यार्थीहरुको व्याण्ड सहभागि हुन पाउने प्रावधान रहेको छ ।
प्रतियोगिताका लागि सहभागी हुन चाहने कलेज व्याण्डहरुले फारम भरेपछि डिजिटल अडिसनका लागि भिडियो पठाएका छन् । त्यहि भिडियोका आधारमा दोश्रो चरणका लागि व्याण्डहरु छनौट हुने संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताउनुभयो ।
त्यसमा छनौट भएकाहरु सेमीफाईनलमा प्रवेश गर्ने र फाईनल प्रवेशका लागि पुनः प्रतिष्पर्धा गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । फाईनल राउण्डमा प्रवेश गरेकाहरुले गरेको प्रस्तुतीका आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार व्याण्डहरुले कभर सङ्ग मात्रै गाए पुग्छ ।
प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने उहाँले बताउनुभयो ।
पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले ईन्टर कलेज व्याण्ड कम्पिटिसन गर्न लागेको पोखरा सांगीतिक कलाकार संघले जनाएको छ । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने अपेक्षा गरिएको छ ।
प्रतियोगिताले संगीतको माध्यमबाट सुस्ताएको पर्यटन उकास्न भूमिका खेल्ने संघका उपाध्यक्ष टोपबहादुर खत्री (कान्छादाई)ले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बास्तोलालाई पितृशोक
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेश
आवधिक योजना बनाएर काम गर्छु ः स्वास्थ्यमन्त्री पाठक
चट्याङ लागेर कार्यपालिका सदस्य घाईते
रसिया पुगेका थापा सम्पर्क विहिन भएपछि परिवारको विचल्ली
Archives
Archives