पोखरा, १२ कात्तिक । पोखरामा रगत अभाव भएको छ ।
विरामीको अपरेसन र रगत कम भएकाहरुका लागि आवश्यक पर्ने रगत अभाव भएको प्रादेशिक रक्तसंचार सेवा कार्यालय पोखराका प्रमुख अर्जुन ज्ञवालीले बताउनुभयो ।
उहाँले दैनिक पोखरामा ७० युनिट रगत खपत हुने गरेकोमा दशैको बेला रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको बताउनुभयो । उहाँले कात्तिक १० र ११ गते रक्तदान कार्यक्रम भएपनि जम्मा ५० युनिट मात्र संकलन भएको बताउनुभयो ।
रगत अभावलाई कम गर्न अभिभावक गृहले सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
अभिभावक गृहले पोखरा ५ जिरो किलोमिटरमा सोमबार विहान साढे ७ बजे रक्तदान कार्यक्रम राखेको गृहका अध्यक्ष देबेन्द्र सुबेदीले जानकारी दिनुभयो ।
उहाँले रक्तदान जीवनदान भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरेको उल्लेख गर्नुभयो ।
Related News
सम्बन्धित समाचार
आलुको पहाडसँगै तस्विर खिच्नेको भीड
राजनीतिको केन्द्र सँधै जनता हुनुपर्छ ः राष्ट्रपति
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम
घलेगाउँमा सिनेमा संवाद