पोखरा, ८ माघ । पर्वत जिल्लाको जलजला गाँउपालिका—५ लेखफाँट लेप्रेमा नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०८० हुने भएको छ ।
प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षणको संयुक्त आयोजना हुने उक्त उत्सव माघ १९ र २० गते लोप्रे स्थित मालिका आधारभुत विद्यालयमा परिसरमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
नेपालका हरेक ठाँउमा उत्सव गर्दै आएको यो उत्सव ११ औ संस्करणको छ । यस अघि धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ, स्याङ्जा र कैलाली जिल्लामा यो उत्सव सम्पन्न भएको प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो ।
किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओझेलमा परेको लाटोकोसेरो तथा हुचीलहरुको संरक्षणका लागि यो उत्सव आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
उत्सव सम्पन्न गर्नका लागि स्थानीय याम कुमारी गुरुङको सयोजकत्वमा १७ सदस्यीय नेपाल लाटोकोसेरो तथा हुचील उत्सव मूल आयोजक समिति र विभिन्न ७ वटा उपसमिति गठन गरिएको छ ।
उत्सवको समयमा चरा तथा प्रकृतिको अवलोकन, स्थानीय लोपोन्मुख खेलहरु तथा सांस्कृतिक गित तथा नाँचको प्रर्दशनी गरिनेछ ।
स्थानीय विद्यालयहरुको नाच, पन्चे बाजा, पुख्र्यौली नाच, थिएटर नाँच, यानी माया, सालैजु लोपोन्मुख स्थानीय खेलहरु ठेलो, चिल चल्ला, भुरुङ, मौरी बजाउने, उत्सवमा रहने छ ।
वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरुले लाटोकोसेरो संरक्षण सम्बन्धी नाच तथा नाटक गाँउपालिका स्तरीय स्थानीय विधालयहरुमा चित्रकला, निबन्ध तथा कविता प्रतियोगिता समेतको आयोजना गरिएको छ ।
सो अवधिमा लाटोकोसेरो तथा हुचीलको अस्थायी सग्रहालय समेतको निर्माण तथा प्रदर्शनी समेत हुनेछ । सोही प्रदर्शनीमा लाटोकोसेरोको जानकारी भएको सूचनाहरु, चित्रहरु, तथा फोटोहरुको प्रदर्शनी पनि गरिनेछ ।
गहँुको छ्वालीबाट, चुराबाट, ढुङगाबाट, स्टीलको पाताबाट, लप्सीको दानाबाट तथा माटोबाट बनाइएका लाटोकासेरोहरु समेत प्रदर्शनीमा राखिनेछन् ।
आठ प्रजातिको लाटोकोसेरोहरुको आवाज सुन्ने र भिडीयो हेर्ने व्यवस्था मिलाइएको छ । उत्सवमा सहभागी हुनेहरुको अनुहार तथा नङमा निशुल्क रुपमा लाटोकोसेरो तथा हुचीलको चित्रसमेत बनाइने व्यवस्था गरिएको छ । उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट समेत प्रदर्शनी गरिनेछ ।
त्रिभुवन विश्वविद्यालय अन्र्तगत प्राकृतिक विज्ञान संग्रहालयबाट लाटोकोसेरोको नमूनाहरुपनि प्रदर्शनीमा राखिने छ । सो अवसरमा वन्यजन्तु अनुसन्धानकर्मीहरुको आफ्नो अनुसन्धानको बारेमा पोष्टरहरु प्रस्तुती गर्नेछन्।
वातावरण क्षेत्रका विभिन्न संघ सस्थाहरुको जानकारीमूलक स्टलहरु समेत रहने छ । सो अवसरमा स्थानीय रुपमा उत्पादन भएका सामाग्रीहरुको प्रदर्शनी तथा विक्रीवितरणको समेत व्यवस्था गरिएको छ ।
उक्त अवसरमा चार जना अनुसन्धानकर्मी र संरक्षणकर्मीहरुलाई संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै प्रकृति संरक्षण पुरस्कार प्रदान गरिने भएको छ ।
संरक्षणकर्मीहरुलाई जनही २५ हजार सहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गरिने छ । यस वर्ष पुरस्कृत हुनेहरुमा क्षेत्रपाटी काठमाण्डौका राजेन्द्र सुवाल, भजनी कैलालीका हिरुलाल डंगौरा, बाह्बिसे सिन्धुपाल्चोकका कुमार पौडेल र कोहलपुर बाँकेका याम बहादुर रावत रहनुभएको छ ।
लामो समय देखि चरा, सिमसार तथा वन्यजन्तुसंरक्षणमा योगदान गरेको चरा संरक्षण नेटवर्क कैलालीलाई सम्मान गर्न लागिएको छ । सो अवधिमा स्थानीय तहमा रहेर प्रकृति र पर्यापर्यटनमा योगदान गरेका आर के अदिप्त गिरी र समिर रेग्मीलाई ताम्रपत्र र दोसल्लाले अभिनन्दन गरिने छ।
स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहरुको माध्यमबाट आन्तरिक पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्य उत्सवको रहेको छ । यस किसिमको उत्सव नेपालबाहेक संसारभर अमेरिका, इटाली र भारतमा मात्र मनाइन्छ ।
गैँडालगायतका वन्यजन्तुहरुकै हाराहारीमा शिकार तथा अवैध व्यापार हुन थालेपछि यिनको संरक्षणमा पनि चासो बढेको हो । औषधी, झारफुक तथा घरमा पाल्नका लागि भारत, चीन लगायत विभिन्न खाडी मुलुकहरुमा यिनको अवैध कारोबार हुने गर्दछ ।
प्रकृतिका साथीहरु नामक संस्थाले ४६ वटा जिल्लामा १६ वर्ष अघि गरेको प्रारम्भिक अध्ययनको आधारमा नेपालबाट वार्षिक कम्तीमा २ हजार वटासम्म लाटोकोसेराहरु तथा हुचीलहरु मारिने तथा विभिन्न मुलुकहरुमा अवैध रूपमा पठाइने गरेको भेटिएको थियो । यो संख्या हाल आएर १ हजार ५ सय भएको छ ।
नेपालमा यिनीहरुको वासस्थान तराइदेखि हिमालसम्म फैलिएको छ । यिनको संख्याको बारेमा नेपालमा अध्ययन नभए पनि हालसम्म २३ प्रकारका लाटोकोसेरोको प्रजातीहरु अभिलेख गरिसकिएको छ । जसमध्ये ९ प्रजातीहरु नेपालमा दुर्लभ मानिन्छन ्।
यसमध्ये एकवटा प्रजातिहरुलाई लामो समय देखि नेपालमा अभिलेख गरिएको छैन्। विश्वमा करिब २ सय ६० प्रजातिका लाटोकोसेराहरु पाइन्छन्।
Related News
सम्बन्धित समाचार
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
सतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारको जोड– प्रदेश प्रमुख भट्ट
Archives
Archives