पोखरा ६ बैशाख । उपचारका क्रममा मंगलबार निधन हुनुभएका साहित्यकार प्रकट पंगेनी शिवका प्रकाशन हुन बाँकी रहेका कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।
बिहीबार प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षतामा बसेको बैठकले कृति प्रकाशन गरिदिने निर्णय गरेको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
‘कीर्तिशेष प्रकट पंगेनी शिवले साहित्यको क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च मुल्याकंन गर्दै उहाँले सृजना गर्नु भएको तर प्रकाशन नभएका कृतिहरुलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्ने निर्णय गरियो’ सदस्य सचिव श्रेष्ठले भन्नुभयो ।
यसका अलावा गण्डकी प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने गजल वाचन एवं प्रतियोगिता कीर्तिशेष प्रकटको जन्म जयन्तीको सन्दर्भ पारेर ‘गजलमा प्रकट’ शिर्षकमा सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
गण्डकी प्रदेशको चिनारी गीतका सर्जक समेत रहनुभएका प्रकटको निधनले गण्डकी प्रदेशको साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको प्रतिष्ठानले जनाएको छ ।
यस दुखःद घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्ने निर्णय बैठकले गरेको सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठी
भ्रष्टाचारबिरुद्ध डि–मर्चाले ल्यायो ‘भ्रष्टाचारीलाई किरा परोस्’ गीत
नाटक ‘करेसा कन्सर्ट’ शनिवार मञ्चन हुने
जरोटुप्पोमा विनोद गौचनको ६९ औं जन्मजयन्ती
पोखरामा नाटकको अन्तर्राष्ट्रिय सेमिनार हुँदै
Archives
Archives