विद्यार्थीका लागि पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण

राष्ट्र न्यूज सम्वाददाता
असार ३, २०८१
help school

पोखरा, ३ असार । चण्डी देउराली क्लब शुक्लागण्डकी नगरपालिका वडा नं १ चण्डी मैदानले शुक्लागण्डकी नगरपालिका वडा नं १ सिम्लेस्थित जनकल्याण प्राथमिक विद्यालयमा विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको छ ।

क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तर अभिबृद्धि गराउने उद्देश्यले करिब २५ हजार रुपैयाँ बराबरको विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको हो ।

कार्यक्रममा क्लबका अध्यक्ष सुमबहादुर रानाले विद्यालयका छात्रछात्रालाई विद्यालय पोशाक तथा शैक्षिक समाग्री हस्तान्तरण गर्नुभएको थियो ।

क्लबका अध्यक्ष सुमबहादुर रानाको अध्यक्षता एवम् विद्यालयका प्रधानाध्यापक मदबहादुर कुँवरले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत विद्यालयका शिक्षिका शारदा पौडेल(खनाल) ले गर्नुुभएको थियो । चण्डी देउराली क्लब विभिन्न सामाजिक गतिविधिमा कृयाशिल हुँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग