पोखरा महानगरपालिका शिक्षा महाशाखाद्वारा तीन सय ९४ विद्यार्थीलाई छात्रवृत्ति

राष्ट्र न्यूज सम्वाददाता
असार २४, २०८१
Scholarship

पोखरा, २४ असार । पोखरा महानगरपालिका शिक्षा महाशाखाले कक्षा ११ र १२ का लागि तीन सय ९४ जना विद्यार्थीलाई संस्थागत विद्यालयमा छात्रवृत्ति उपलब्ध गराएको छ ।

संस्थागत विद्यालय छात्रवृत्ति निर्देशिकाको व्यवस्था अनुसार ती विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको हो ।

जेहेन्दार तर्फ ३७, विपन्न तर्फ ३६, जनजाति तर्फ १०, दलित तर्फ ५, अपाङ्ग तर्फ ३ र शहिद परिवार तथा अन्य तर्फ दुई प्रतिशतलाई छात्रवृत्ति उपलब्ध गराइएको छ ।

महाशाखाले असार २० गते परिक्षा लिएर छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरेको शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्यले जानकारी दिनुभयो । परिक्षाको नतिजा २३ गते सार्वजनिक गरिएको छ । छनोट पछि ती विद्यार्थीलाई छात्रवृत्तिका लागि विभिन्न विद्यालयहरुमा सिफारिस गरिएको छ ।

यस्तो छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीले भर्ना शुल्क, मासिक शुल्क र परिक्षा शुल्कमा पुरा छुट पाउँने महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले जानकारी दिनुभयो ।

छनोटका लागि एसइईमा प्राप्त जिपिए र परिक्षामा प्राप्त गरेको प्राप्ताकंलाई आधार मानिएको छ । छात्रवृत्तिका लागि सिफारिस गरिएका विद्यार्थीलाई संस्थागत विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृत्ति सुविधा प्रदान गर्नुपर्ने व्यवस्था छ ।

छात्रवृत्ति सिफारिस गरिएका विद्यार्थीहरुले असार २६ गतेसम्म सम्वन्धित विद्यालयमा सम्पर्क गरी भर्ना गरिसक्नु पर्नेछ । भर्नाका लागि महाशाखाको सिफारिस पत्र अनिवार्य रहेकाले सो पत्र लिएर विद्यालयमा जानुपर्ने छ ।

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि विभिन्न विषयमा एक हजार आठ सय चार जना विद्यार्थी परिक्षामा सहभागी भएका थिए । जसमध्य विज्ञान संकाय तर्फ एक सय ५३, व्यवस्थापन तर्फ एक सय ७४, होटल व्यवस्थापन तर्फ ५३, कानुन तर्फ ९ जना, मानविकी÷शिक्षा तर्फ ६ जना छनोट गरी सिफारिस गरिएको छ । उपलब्ध गराइएको छात्रवृत्ति करिब सात करोड ५० लाख बराबर भएको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग