अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १०, २०८१
photo 9 sawan

पोखरा, ९ साउन । अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेश र स्वालम्बन जीवनपद्धति केन्द्र पोखराले मस्यौदा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापालाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकारले बनाउन लागेको अपाङ्गता सम्बन्धी ऐनलाई प्रभावकारी बनाउन मस्यौदा सहायकसिद्ध हुुने बताउनुभयो ।

“अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन निर्माणमा स्वालम्बन जीवनपद्धति केन्द्र पोखरा र राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेशले तयार पारेको मस्यौदाले प्रदेश सरकारलाई सहयोग मिल्नेमा आशावादी छु ।”, उहाँले भन्नुभयो ।

उहाँले मस्यौदामा अपाङ्गता भएको व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयलाई समेटेर मस्यौदा तयार पारिएको हुँदा प्रभावकारी हुने उल्लेख गनुभयो । तयार पारिएको मस्यौदालाई थप परिमार्जित गरी अगाडि बढाइने प्रतिबद्धता मन्त्री थापाको छ ।

उपसभामुख बिना थापाले सबै अपाङ्गता व्यक्तिहरुको अधिकार सुुनिश्चित हुने गरि मस्यौदा तयार भएको बताउनुभयो ।

राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले स्थानीय तह र प्रदेश सरकारले अपाङ्गता भएको व्यक्तिको दायित्वलाई बोध गर्ने गरी कानून निर्माण गर्नुपर्ने आवश्यकतालाई औंल्याउनुभयो ।

स्वालम्बन जीवनपद्धति केन्द्र पोखराका अध्यक्ष हेम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका सांसद देखि सरोकारवालाहरुको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग