पोखरा १३ मा सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निशुल्क स्वास्थ्य परीक्षण

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ११, २०८१
photo 13

पोखरा, ११ साउन । पोखरा महानगरपालिका वडा नं. १३ ले सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको स्वास्थ्यको जाँच गरिने अध्यक्ष किरण बरालले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुु रोगको समेत परीक्षण गरिनेछ । जसका लागि डा. कुशुम महराको सहयोग मिल्ने उहाँले बताउनुभयो ।

“नागरिकको स्वास्थ्यमा हामी संवेदनशील छौं । सामाजिक सुरक्षा भत्ता लिन आउने वृद्ध बुवाआमाहरुको उपचारमा सहयोग मिलोस् भन्ने भावनाले वडाले नै निशुल्क स्वास्थ्य जाँचको सुविधा उपलब्ध गराएको हो ।”, उहाँले भन्नुभयो ।

वडाले उपलब्ध गराएको निशुल्क स्वास्थ्य परीक्षणको लाभ लिन उहाँको अनुरोध छ । स्थानीय तहको दायित्व र कर्तव्य अन्तर्गत आफूहरुले बेलाबेलामा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको उहाँले उल्लेख गर्नुभयो ।

पोखरा महानगरपालिका वडा नं. १३ ले वडाको भौतिक विकास मात्र नभई शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्रभावकारी बनाउन लगानी गरिरहेको छ । स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सम्बद्ध सँघसंस्थासँग मिलेर गतिविधि अगाडि बढाइरहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग