कुँडहर सहकारी र मणिपाल अस्पताल बीच सम्झौता

राष्ट्र न्यूज सम्वाददाता
श्रावण २९, २०८१
Samjauta Sahakari

पोखरा, २९ साउन । कुँडहर बचत तथा ऋण सहकारी संस्था र मणिपाल शिक्षण अस्पताल बीच अस्पतालले स्वास्थ्य सेवामा सुविधा दिने विषयमा सम्झौता भएको छ ।

यो सम्झौता अनुसार, अस्पतालले सहकारीका शेयर सदस्य तथा परिवारका सदस्य र कर्मचारीका लागि स्वास्थ्य सेवामा सुविधा उपलब्ध गराउने छ ।

सम्झौता पत्रमा मंगलबार सहकारीको तर्फबाट अध्यक्ष विश्व वन्धु थापा र अस्पतालको तर्फबाट सि.ई.ओ अनिल ओडुविलले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतामा सहकारीले प्रमाणित गरी पठाएकालाई अस्पतालले सुविधा प्रदान गर्नेे उल्लेख छ । अस्पतालले १० देखि शत् प्रतिशतसम्म छुट उपलब्ध गराउने छ ।

अस्पतालले दर्तामा एक सय प्रतिशत छुट, सामान्य वेडमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत, न्यूरोसर्जरी तथा अति विशिष्ट अपरेसन र विशेष अनुसन्धानमा १०÷ १० प्रतिशत छुट उपलब्ध गराउने छ । डाक्टरको परामर्शमा भने कुनै शुल्क लाग्ने छैन ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै