भगवान् कृष्ण सबैको आास्थाको केन्द्र – प्रदेश प्रमुख भट्ट

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १०, २०८१
Kishana janmastami

पोखरा, १० भदौ । गण्डकी प्रदेश सरकारका प्रदेश प्रमुख डिल्लीराज भट्टले भगवान् कृष्ण सवैको आस्थाको केन्द्र भएको बताउनु भएको छ ।

श्री राधा कृष्ण मन्दिर र सञ्चालक समिति पोखरा–१७ ड्यामसाईडले सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित पूजा आराधना र भजनकृर्तन प्रवचन कार्यक्रममा बोल्दै उहाँले त्यस्तो बताउनुभएको हो ।

‘‘भगवान, कृष्ण कहिले नास गर्ने निडर त कहिले कुटनीतिक योजनाकार हुनभयो, सबै धर्मको आस्थाको धरोहर अनि गिताको सार हुनभयो प्रदेश प्रमुख भट्टले भन्नुभयो, यी सबै कुराले भगवान् कृष्ण सबैको आस्थाको केन्द्र बन्नुभएको छ ।’

आजको दिन विशेष गरी हिन्दु धर्मालम्वीहरुले कृष्ण भक्ति र महिमाको दिनको रुपमा मनाउँदै आएको उल्लेख गर्नुभयो । प्रदेश प्रमुख भट्टले मन्दिर स्थापना गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमको निरन्तरताको कामना गर्नुभयो ।

वि.स २००० सालमा खिमलाल अधिकारीले एउटा पार्टीको रुपमा स्थापना गरेको ठाँउमा २०२९ स्वर्गीय नन्दलाल अधिकारीले मन्दिर निर्माण गरी त्यसलाई पूर्णता दिने काम स्वर्गीय श्यामलाल अधिकारी र स्वर्गीय भोलानाथ अधिकारी र स्वर्गीय सावित्री अधिकारीले गर्नुभयो ।

हाल मन्दिरमा दुइ जना पूजारीले दैनिक नृत्य पूजा गर्दै आएको राधाकृष्ण मन्दिर सञ्चालक समितिका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिनुभयो ।

सोमबार भएको पूजा तथा प्रवचनमा पोखरा र यस आसपासका भक्तजनको बाक्लो उपस्थिति रहेको उपाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुयो । कार्यक्रममा दिग्दर्शन वाचक शिरोमणि पं.दिपक सापकोटाले प्रवचन गर्नुभएको थियो । मन्दिर दिनभर प्रवचन तथा भजन प्रस्तुती भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै