हेमजाको तीज मेलामा कमल जौशी समूह प्रथम

राष्ट्र न्यूज सम्वाददाता
भाद्र २२, २०८१
Hemja Teej

पोखरा, २२ भदौ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित हेमजा तीज मेला – २०८१ मा कमल जौशी समूह प्रथम भएको छ ।

द्धितीय स्थान देउराली आमा समूह र तृतीय स्थान शान्ति आमा समूहले हासिल गरेका छन् । साथै जनकल्याण र राधाकृण्ण आमा समूह सान्त्वना भएका छन् । प्रथम, द्धितीय, तृतीयले क्रमश ः नगद रु २० हजार , १५ हजार, १० हजार र सान्त्वना समूहले नगद रु ५÷५ हजार र प्रमाणपत्र प्राप्त गरे ।

उत्कृष्ट भेषमुषा दहरे देउराली आमा समूह , उत्कृष्ट स्वर इन्द्रेणी आमा समूह, र उत्कृष्ट नृत्य प्रगतिशील आमा समूहले प्राप्त गरे । प्रतियोगिताको निर्णायकमा परशुराम आधिकारी, लक्ष्मी सुबेदी र ज्ञानसरा जुगजालीले रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा न.२५ का वडा सदस्य एवं कार्यबाहक अध्यक्ष धन कुमारी प्रोख्रेल तिमिल्सिनाले कला ,संस्कार र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

विष्णुपादुका क्लबका सचिव बसन्त क्षेष्ठले क्लब सबै क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न चाहेको उल्लेख गर्नुभयो । क्लबले कार्यक्रममा हेमजामा रहेका आमा समूह , भजन समूहलाई खैजडी मुजुरा वितरण गरेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनी ,राष्ट्रिय स्वतन्त्र पाटि हेमजाका सभापति भरत अधिकारी, ने.क.पा एमाले हेमजा वडा कमिटि अध्यक्ष ऋषिराम पौडेल, मानव सेवा हेमजाका मदन थापा लगायतले बोल्नुभएको थियो ।

महिला संजालकी अध्यक्ष अप्सरा तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गित गंगा त्रिपाठीले र शब्दले स्वागत महिला संजाल सह–सचिव शान्ता के.सीले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन महिला संजाल सचिव उमा भुर्तेल पौडेल र भगवती अधिकारी बज्गाई गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै