शिक्षा दिवसमा माछापुच्छ्रेका विभिन्न व्यक्तित्व सम्मानित

राष्ट्र न्यूज सम्वाददाता
असाेज ३, २०८१
machapuchhare

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका शिक्षा, यूवा तथा खेलकुद शाखाले राष्ट्रिय शिक्षा दिवस–२०८१ मा विभिन्न व्यक्तित्व सम्मानित गरेको छ ।
कार्यक्रममा माछापुच्छे गाउँपालिका भित्रका प्राथमिक, आधारभूत तथा माध्यमिक तहका विभिन्न उत्कृष्ट विद्यालय, उत्कृष्ट विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, र्ई.सि.डि शिक्षक, कर्मचारी, अभिभावक, साथै दीर्घ सेवा प्रथम श्रेणी शिक्षक, शिक्षा क्षेत्रमा सहयोग गर्ने बिभिन्न संघ संस्थालाई सम्मान गरिएको हो ।
कार्यक्रमा आयोजित माध्यमिक तह वक्तृत्वकला प्रतियोगितामा माछापुच्छ्रे« मा.विका सन्तोष लम्साल प्रथम, गौरीशंकर मनिलाल मा.विका पबित्रा क्षेत्री द्धितीय, शुक्लागण्डकी मा.विका अशोक तिमिल्सिना तृतीय र सगर मेमोरियल बोर्डिङ स्कूलकी दिक्क्षा भण्डारीले सान्तवना पुरस्कार प्राप्त गरे ।कार्यक्रममा गाउँपालिका अध्यक्ष मिन बहादुर गुरुङले पालिका स्तरको शिक्षा सुधारका लागि शिक्षक–शिक्षिक, विद्यार्थी, अभिभावक, तथा स्थानीय सरकार एक भएर अगाडि बढ्न आग्रह गर्नुभयो।
उपाध्यक्ष सिता अधिकारीले पालिकाले शिक्षा क्षेत्रमा गरेका असल अभ्यास बारे जानकारी दिदै गाउँपालिकाका ९ वडा बाट प्रत्येक वडाका २ जना गरि कुल १८ जना अति विपन्न, अनुशासित विद्यार्थीलाई पालिकाको लगानीमा निशुल्क प्राविधिक शिक्षा दिएको जानकारी दिनुभयो ।
प्रमुख प्रसाशकीय अधिकृत गोपीकृष्ण अर्यालले पालिकाले शिक्षा क्षेत्रलाई प्राथामिकतामा राखेको बताउदै शिक्षाबाट कोही पनि वञ्चीत हुन नहुने उल्लेख गर्नुभयो ।
कार्यक्रमा नेपाल राष्ट्रिय शिक्षक संगठन, माछापुच्छे« गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद चापागाई, नेपाल राष्ट्रिय शिक्षक परिषद माछापुच्छ्रे गाउँ पालिकाका अध्यक्ष भिमलाल अधिकारी, निवृत्त शिक्षक समुदाय माछापुच्छे« गाउँपालिकाका जयलाल दवाडी, हिस्तुन माछापुच्छे« अध्यक्ष लिलाधर अधिकारी, राइट फर चिल्डे«नका बिष्णु प्रसाद अधिकारी, सामाजिक विकास समिति संयोजक हरि बहादुर क्षेत्री, शिक्षा शाखा सहायक बिष्णु प्रसाद अधिकारी लागएतले बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives