समावेशी बचतको १७ औं वार्षिक साधारण सभा

राष्ट्र न्यूज सम्वाददाता
असाेज ७, २०८१
samabeshi 2

पोखरा, ७ असोज । समावेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–१ वगरको १७ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
संस्थाको साधारण सभामा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । कार्यक्रममा ज्येष्ठ सदस्य तर्फ शरण श्रेष्ठ, अनुशाशित बचत सदस्य सीता अधिकारी, र असल ऋणिबाट वलराम भट्टराईलाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगर पालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ र संस्थाकी अध्यक्ष सीता गुरुङले सम्मानित व्यत्तित्वलाई सम्मान गर्नुभएको थियो ।
साधारण सभामा संस्थाकी सचिव जीवन अधिकारी, कोषाध्यक्षको तर्फबाट सदस्य रामप्रसाद श्रेष्ठ, र लेखा समिति संयोजक रामप्रसाद अधिकारीले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाको गत असार मसान्त सम्म चुक्ता पूजीँ १ करोड ३४ लाख २५ हजार, निक्षेप संकलन १ करोड ७६ लाख १ हजार ८४ र ऋण लगानी ३ करोड ३१ लाख रहेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखरा महानगर पालिकाकी उपप्रमुख मञ्जुदेवि गुरुङले सहकारीमा पछिल्लो समय देखिएको समस्याका वारेमा सचेत भएर अगाडि बढ्न शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो ।
‘केहि सहकारी संस्थाले गर्दा सहकारीहरुमा अहिले विचलन र संकट पैदा भएको छ’ उहाँले भन्नुभयो,‘शेयर सदस्यहरु नै चनाखो भई सहकारीमा आउने विचलन र संकट हटाउनु पर्दछ।’
सहकारीका सात सिद्धान्त पूर्ण रुपमा पालना गरेको खण्डमा सहकारीमा कुनै समस्या नआउने उहाँले प्रष्ट पार्नुभयो ।
कार्यक्रममा पोखरा महानगर पालिका वडा नं. १ का वडा अध्यक्ष साहारा प्रधानले सहकारी संस्थाले आर्थिक कारोवारमा मात्र जोड नदिइ सामाजिक उत्तरदायित्व वहन गरेको उल्लखे गर्नुभयो ।
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका प्रथम उपाध्यक्ष मनपति भण्डारीले शेयर सदस्यहरुको सहकार्यले मात्रै संस्थालाई मजवुद वनाउन सकिने बताउनुभयो ।
कार्यक्रममा सेती मोदी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष गंगाबहादुर गुरुङ, समावेशी बचत तथा ऋण सहकारी संस्थाका शिक्षा उपसमिति संयोजक कल्पना थापा, शेयर सदस्य गोपाल बहादुर गुरुङले बोल्नु भएको थियो ।
समावेशी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष रञ्जन कुमार बुद्धचार्याले स्वागत र सचिव जीवन अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै