पोखरा, ८ असोज । हेमजा साहित्य प्रतिष्ठनद्धारा सञ्चालित राधा–लक्ष्मी पुरस्कारबाट पण्डित माधवशरण बास्तोला पुरस्कृत हुनभएको छ ।
प्रतिष्ठानले मंगलबार स्व. लक्ष्मी शरण उपाध्यायको ८७ वर्षको स्मृतिमा एक कार्यक्रमको आयोजना गरी बास्तोलालाई पुरस्कृत गरेको हो । कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगर पालिका वडा नं.२५ कि कार्यवहाक अध्यक्ष धन कुमारी पोख्रेल तिम्सिना, हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष वलराम पौडेल पुरस्कार संरक्षकद्धय केशवशरण पौडेल, माधवशरण पौडेल र श्यामशरण पौडेलले संयुक्त रुपमा बास्तोलालाई नगद सहित सम्मान पत्रले सम्मान गर्नुभएको थियो ।
पुरस्कारको राशी नगद १५ हजार सम्मान पत्र र दोसल्ला रहेको थियो । शिक्षा , साहित्य र धर्म, अध्यात्मको श्रीवृद्धि तथा संरक्षणमा क्रियाशिल रहेर सभ्य र समुन्नत समाज निर्माणमा पु¥याउनु भएको योगदानको कदर स्वरुप यो पुरस्कारबाट बास्तोलालाई पुरस्कृत गरिएको हो ।
हरेक वर्ष लक्ष्मीशरण उपाध्यायको स्मृति पारेर प्रदान गरिने यो पुरस्कार यस अघि छन्दनायक माधव वियोगी र शिक्षासेवी चतुरमान श्रेष्ठलाई प्रदान गरिएको थियो ।
शिक्षा, साहित्य र धार्मिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका पोखरा–२५ हेमजाका स्व.लक्ष्मीशरण उपाध्यायका छोरा केशवशरण पौडेल र माधव शरण पौडेलले आफ्ना बुवा लक्ष्मीशरण र आमा राधादेवी पौडेलका नाममा राधा–लक्ष्मी अक्षयकोष स्थापना गर्नुभएको थियो। अक्षयकोष २ लाख २५ हजारको रहेको छ । उक्त कोषमा उमाकान्त पौडेलले ५ हजार प्रदान गरी २ लाख ३० हजार पु¥याइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखरा महानगर पालिका वडा नं. २५ कि कार्यावहाक अध्यक्ष तिम्सिनाले स्व.लक्ष्मीशरण उपाध्याय हेमजाको इतिहास भएको बताउँदै उहाँलाई जिवन्त राख्ने काम परिवारले गरेको उल्लेख गर्नुभयो ।
‘अहिले आफ्ना वुवा आमा वृद्ध भएपछि वृद्धाश्रम लगेर राख्ने प्रचलन बढेको छ’ उहाँले भन्नुभयो,‘ वुवा आमाको सम्झनामा यो अक्षयकोषको स्थापनाले नयाँ पुस्तालाई सिक्ने अवसर मिल्ने छ।’
उहाँले अक्षयकोष स्थापना गरेर आफ्ना वुवा आमालाई जिवन्त राख्ने काम गरेको भन्दै परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
पोखरा महानगर पालिका वडा नं. २५ का पूर्व वडा अध्यक्ष शोभाकर तिमिल्सिनाले यो कार्यक्रम नयाँ पुस्ताको लागि प्रेरणा वन्ने बताउनुभयो ।
पोखरा महानगर पालिका वडा नं. २५ का वडा सदस्य कृष्णबहादुर कुँवरले स्व. लक्ष्मी शरण उपाध्यायले गरेका कार्यहरुलाई हामीले पछ्याउनु पर्ने बताउनुभयो ।
पुरस्कृति व्यक्तित्व माधवशरण बास्तोलाले स्व. लक्ष्मीशरण उपाध्यायले आफूलाई पनि पढाएको स्मरण गर्दै उहाँका योगदान समाजले कहिल्यै विर्सन नहुने उल्लेख गर्नुभयो ।
अक्षयकोषका संरक्षक केशवशरण पौडेलले वुवा र आमाको सम्झनामा राखिएको यो अक्षयकोषलाई बढाएर अझै फराकिलो बनाउदै लैजाने वचन व्यक्त गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका मासिक कार्यक्रम अन्तर्गत २५२ औ शुभप्रभात काव्यमाल अन्तर्गत रचना वाचन गरिएको थियो ।
हेमजा साहित्य प्रतिष्ठान हेमजाका अध्यक्ष बलराम पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा हेमजा साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष कृष्णप्रसाद पौडेल, समाजसेवी ऋषिराम पौडेल अक्षयकोषका संरक्षक माधवशरण पौडेल, हेमजा साहित्य प्रतिष्ठानका उपाध्यक्ष सुनिल गायक, सचिव परशुराम अधिकारी, साहित्यकार वसन्त बास्तोला ‘चिन्तन’, डा. अनिल थापा, राजेन्द्र बास्तोलालगाएले बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
सतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारको जोड– प्रदेश प्रमुख भट्ट
Archives
Archives