पोखरा । पोखरा नदिपुरको छन्त्याल समाजघरमा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आजबाट शुरु भएको छ ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिता वोल्दै गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले विभिन्न समयमा हुने प्रतियोगिताले खेलाडीहरुको सिकाईलाई अभिवृद्धि गर्नुका साथै आपसी सद्भावलाई बृद्धि गर्ने बताउनुभयो ।
प्रशिक्षण केन्द्रका संरक्षक पदम श्रेष्ठले आफु पनि पूर्व राष्ट्रिय खेलाडी भएको हुँदा खेलकुदमा भएका समस्या, चुनौती र समाधानका विषयप्रति नजिकबाट नियालेको बताउनुभयो । अन्तराष्ट्रिय भलिबल रेफ्री टहल सिंह थापा मगरले प्रतियोगिता र नियमको बारेमा जानकारी गराउनुभयो । राष्ट्रिय खेलाडी सञ्जु विक्रम शाहले खेलाडीको तर्फबाट सपथ लिनुभएको थियो। केन्द्रका अध्यक्ष कुलबहादुर छन्त्याल कुशलको अध्यक्षतामा भएको कार्यक्रमको कार्यक्रम संयोजक मनोज खड्का र अशोक थापाले बोल्नु भएको थियो ।
क्लवस्तरीय भलिबल प्रतियोगितामा पहिलो चरणका ५ खेलहरु सम्पन्न भएका छन् । प्रतियोगितामा पुरुषतर्फ ३ र महिलातर्फ २ खेलहरु सम्पन्न भएका हुन् ।
महिलातर्फ शान्ता भलिबल प्रशिक्षण केन्द्र पोखरा र भलिबल समूह बागलुङ प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् । शान्ता भलिबल प्रशिक्षण केन्द्र पोखराले गीता जुम्बा पोखराको टोलीलाई २५–६ र २५–१० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।
भलिबल समूह बागलुङले अनिल भलिबल गु्रप पर्वतलाई २८–२६, २५–१७ र २५–१८ को जीत दर्ता ग¥यो । महिलातर्फको प्रतियोगिता नकआउट नियमका आधारमा खेलाइएको र पहिलो चरणका खेलहरु बेस्ट अफ थ्रि नियममा खेलाइएको आयोजकले जनाएको छ ।
जारी प्रतियोगितामा पुरुषतर्फ बुधबार नेपाल युथ स्पोर्टस क्लव जापान, सशस्त्र प्रहरी बल एपीएफ पोखरा र गलकोट स्पोर्टसले जीत दर्ता गरेका छन् ।
सञ्जुविक्रम शाह, रेशम छन्त्याललगायतका खेलाडी सम्मिलित नेपाल युथ स्पोर्टस क्लव जापानले आयोजक पोखरा भलिबल प्रशिक्षण केन्द्र पोखरालाई २५–१५ र २५–१२ को सोझो सेटमा पराजित ग¥यो ।
पुरुषतर्फको दोस्रो खेलमा एपीएफ पोखराले अन्नपूर्ण गाउँपालिकाको टोलीलाई २५–१९ र २८–२६ ले पराजित ग¥यो । लिगकम नकआउट नियमानुसार खेलाइएको पुरुषतर्फको खेलका पहिलो चरणहरु समेत बेस्ट अफ थ्रि नियमानुसार खेलाइएको थियो ।
प्रतियोगिताको अन्तिम खेलमा गलकोट स्पोर्टस क्लव बागलुङले भलिबल टिम पर्वतलाई २३–२५, २५–२० र २५–१७ ले पराजित ग¥यो । बिहीबार महिलातर्फका २ र पुरुषतर्फ ४ खेलहरु हुने आयोजकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कोटिहोमको तयारी अन्तिम चरणमा
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना
जापानका सांसद र नगर प्रमुख आचार्यबीच भेटवार्ता
Archives
Archives