वर्षाका कारण पुरुष तथा महिला भलिबल प्रतियोगिता स¥यो

राष्ट्र न्यूज सम्वाददाता
असाेज ११, २०८१
461197872_1043780464424654_3766403545335286086_n

पोखरा । पोखरा नदिपुरको छन्त्याल समाजघरमा जारी क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा अविर वर्षका कारण स्थगित भएको छ ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै प्रतियोगिता सारिएको जानकारी दिएको छ । संघका अध्यक्ष कुलप्रसाद छन्त्याल कुशल, संरक्षक पदम श्रेष्ठ र कार्यक्रम खेल संयोजक मनोज खड्काले हस्ताक्षरीत विज्ञप्तिमा खेल तालिका सारिएको जनाइएको छ ।
शुक्रबार समूह चरणका अन्तिम खेल र आईतबार फाइनल खेल राखिएकोमा अविर वर्षाका कारण यहि १३ गते आईतबारबाट प्रतियोगिता नियमित सुचारु गरिने संरक्षक पदम श्रेष्ठाले जानकारी दिनुभयो ।
पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसद्धारा संयुक्त रुपमा प्रतियोगिता आयोजना गरिएको हो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives