पोखरा, १३ असोज । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले कृषि र पर्यटन प्रदेश सरकारको मुख्य प्राथामिकता रहेको बताउनुभएको छ ।
एबीसी टेलिभिजनको १७ औं वर्ष शुभारम्भको अवसरमा गण्डकी ब्यूरोले पोखरामा ‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले पर्यटन र कृषिलाई मुख्य प्राथमिकतामा राखेर प्रदेशका कार्ययोजनाहरु अघि सारेको उल्लेख गर्नुभयो । उहाँले प्रदेशलाई सुनौलो र समुन्नत बनाउन सरकार लागि परेको बताउनुभयो ।
‘गण्डकीलाई आत्मनिर्भर र समुन्नत गण्डकी बनाउनका लागि सम्भावना भए अनुरुप दुइवटा क्षेत्र छन् । एउटा पर्यटन र अर्काे कृषि’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘अहिले गाउँबाट शहर झर्ने र शहरबाट विदेश पलायन हुने समस्या देखिएको छ । त्यसैले यसलाई सम्बोधन गर्ने भनेको पनि यही दुइवटै क्षेत्र हो । त्यसैले यसको क्षेत्रमा काम गरिरहेका छौं ।’
कृषिलाई व्यवसायीकीकरण गर्दै कृषि उद्योगको रुपमा विकास गरेर विदेशीएका युवाशक्तिलाई रोक्न सकिने उहाँको भनाई थियो ।
कार्यक्रममा पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेकाले थप विकासमा गण्डकी सरकारले पहल नगरेको सहभागिहरुले गुनासो गरका थिए ।
‘पर्यटकीय राजधानी हुँदाहुँदै पनि विकासको मोडल के हो भन्ने थाहा छैन’ टानका अध्यक्ष कृष्ण आचार्यले भन्नुभयो, ‘योजनालाई अक्षरश पालना र कार्यान्वयन कहिले हुन्छ ? सम्बनिधत निकायले कुरा मात्र गर्ने चाँसो नै नदिएर समुन्नत बन्छ त ?’
नेपाल आदिवासी जनाजाति महासंघ प्रदेश समन्वय समिति गण्डकीका अध्यक्ष धर्म तमुले आदिवासीलाई पाखा लगाएर प्रदेश समुन्नत हुन नसक्ने बताउनुभयो ।
गण्डकी प्रदेश संसदीय दल माओवादी केन्द्रकी प्रमुख सचेतक कुसुम बुढा मगरले प्रदेशलाई समुन्नत बनाउनका लागि महिला सशक्तिकरणको जरुरी रहेको बताउनुभयो ।
‘प्रदेशलाई समुन्नत बनाउने हो भने महिलाको सशक्तिकरण र समान सहभागिता जरुरी छ, उहाँले भन्नुभयो, ‘अहिले बाध्यकारी क्षेत्रमा बाहेक अन्य क्षेत्रमा महिलाहरुको सहभागिता नगण्य छ । यसलाई वृद्धि गर्दै लैजानु पर्छ । किनभने यो एउटा सँघर्षको उपलब्धि हो ।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेल, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय गण्डकीका प्रमुख कुन्दन मिश्रले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष सहयोग, उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा महानगरपालिकाको सहयोगमा संवाद कार्यक्रम आयोजना गरिएको हो ।
Related News
सम्बन्धित समाचार
नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना
जापानका सांसद र नगर प्रमुख आचार्यबीच भेटवार्ता
Archives
Archives