पोखरा, १३ असोज । पोखरा उद्योग वाणिज्य संघले पोखरा चेम्बर अफ कमर्स कास्कीका नवनिर्वाचित अध्यक्ष उमराज बास्तोला, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेको छ ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्योगी÷व्यवसायीहरुका समस्या समाधान एवं नीतिगत पैरवीमा दुवै संस्थाबीच कार्यगत एकता जरुरी रहेको बताउनुभयो । समग्र कास्कीको आर्थिक उन्नतिका लागि पनि व्यावसायिक संस्थाहरुबीच सहकार्य जरुरी रहेको उहाँको भनाइ थियो ।
पोखरा चेम्बर अफ कमर्सं, कास्कीका अध्यक्ष उमराज बास्तोलाले व्यवसायीमाथि आइपर्ने समस्या सल्टाउन निजी क्षेत्रको एउटै आवाज हुनुपर्नेमा सहमति जनाउँदै पोखरा उद्योग वाणिज्य संघसँग सहकार्य गर्ने वचनवद्धता प्रकट गर्नुभयो ।
पोउवा संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले निजी क्षेत्रका समस्या एउटै भएकाले उद्योगी÷व्यवसायीमाथि समस्या आइपर्दा निजी क्षेत्रले एउटै स्वर निकाल्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले सहकार्य र सहयोगले मात्र लक्ष्य प्राप्ति हुने हुँदा पोउवा संघ र चेम्बरबीच सहयोग आदान–प्रदान जरुरी रहेको बताउनुभयो ।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले नजिकिँदै गरेको चाडबाडको शुभकामना व्यक्त गर्दै चाडबाडको समयमा व्यवसायीमाथि हुने सम्भावित धरपकडविरुद्ध एकजुट हुनुपर्ने बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
सतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारको जोड– प्रदेश प्रमुख भट्ट
Archives
Archives