पोखराको विन्ध्यवासीनी वसपार्कमा यात्रु सहायता कक्ष

राष्ट्र न्यूज सम्वाददाता
असाेज १६, २०८१
1

पोखरा, १६ असोज । जिल्ला ट्राफिक कार्यालय कास्कीको पहलमा पोखराको विन्ध्यवासीनी वसपार्कमा यात्रु सहायता कक्षा राखिएको छ ।
जिल्ला प्रशाशन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्य तथा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगर र पृथ्वीराजमार्ग वस सञ्चालक कम्पनी प्रालिको सहयोगमा यात्रु सहायता कक्ष राखिएको हो ।
वडा प्रहरी कार्यालय वगर र अस्थायी ट्राफिक पोष्ट वगरको निगरानिमा रहने उक्त यात्रु सहायता कक्ष चाड पर्वलाई लक्षित गरेर राखिएको हो ।
कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले यात्रुहरुको सहजताका लागि नै यात्रु सहायता कक्ष राखिएको बताउनुभयो ।
‘चाड पर्वमा यात्रुहरु जिल्ला वाहिर जाने क्रम र भित्रने क्रम वढ्दो हुन्छ’ भट्टराईले भन्नुभयो, ‘यात्रा गर्दा यात्रुहरुका समस्यालाई सम्वोधन गर्नका लागि नै कक्ष स्थापना गरिएको हो ।’ उहाँले चालकदलले संवेदशनशिल वनेर यात्रुहरुलाई सेवा दिन आग्रह गर्नुभयो ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीले यात्रुहरुले केहि समस्या परेमा निर्धक्क भएर यात्रु सहायत कक्षमा सहयोग लिन आग्रह गर्नुभयो।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेशका सहसचिव वालकृष्ण पोख्रेलले सवारी साधनमा यात्रुहरुलाई सेवा दिदा विशेष ख्याल गर्न आग्रह गर्नुभयो ।
अस्थायी ट्राफिक पोष्ट वगरका ईनचार्ज प्रहरी नायव निरीक्षक भिमबहादुर खत्रीले यात्रुहरुसँग प्रत्यक्ष जोडिने काम कक्षले गर्ने बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives