जलस्रोतको सदुपयोगमा जुटौँ ः कृषि मन्त्री श्रेष्ठ

राष्ट्र न्यूज सम्वाददाता
असाेज १८, २०८१
_MG_8083

पोखरा । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले मुलुकको समृद्धिमा जलस्रोतको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।
नवलपुरको कावासोती स्थित कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले उपलब्ध जलस्रोतलाई पुर्ण रुपमा उपयोग गर्न सके देश विकासमा टेवा पुग्ने बताउनु भएको हो ।
‘नेपाल जलस्रोतको धनी देश, यसको उपयोगिता बृहत छ । यसलाई पूर्ण रुपमा उपयोग गर्न सके सुखी नेपाली समृद्ध देश निर्माणकोे साझा संकल्पलाई थप अघि बढाउन टेवा पुग्ने छ’– उहाँले भन्नुभयो ।
कावासोती क्षेत्रका जनताले विगतमा भोग्नुपरेको खानेपानीको समस्या स्मरण गर्दै मन्त्री श्रेष्ठले संस्थाकै अग्रसरताको परिणाम स्वरुप अहिले सहज स्थिती आएको बताउनुभयो । कावासोती खानेपानी संस्थाले स्थापनाकालदेखि नै आफुलाई अब्बल सावित गर्दै आइरहेको उल्लेख गर्दै उहाँले यसलाई समयानुसार उपभोक्ताको हकहितमा लाग्न आग्रह गर्नुभयो ।
‘कावासोती क्षेत्रको विगत स्मरण गर्दा खानेपानीको हाहाकार थियो । घण्टौँ लगाएर कुवा धाएर पानी लिएर आउनुपथ्र्यो । अहिले त्यो अवस्था छैन । घरघरमा धारा जोडिएका छन् । यो संस्थाकै अब्बल कार्यको परिणाम हो।’ उहाँले भन्नुभयो, ‘उपलब्ध स्रोत साधन एवं प्रविधिलाई थप सुदृढ बनाउदै उपभोक्ताको सर्वोपरी हितलाई केन्द्रबिन्दुमा राख्दै अघि बढ्न शुभकामना ब्यक्त गर्दछु ।’

Related News

सम्बन्धित समाचार

Archives

Archives