हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल हुदै

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ३, २०८१
ambot

पोखरा । आर.एस.बिच क्लबको आयोजनामा प्रथम बिच एण्ड फिस फेस्टिभल २०८१ हुने भएको छ ।
पोखरा महानगर पालिका वडा नं. २५ हेमजा कास्की स्थित अम्मट परिसरमा फेस्टिभल हुन लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
ऐतिहासिक महत्व वोकेको अम्मट गुफा प्रचार प्रसार, धार्मिक पर्यटक तथा खेल पर्यटनको प्रवद्र्धन र मत्यसपालन क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्य सहित क्लबले फेस्टिभल गर्न लागेको आर.एस.बिच क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिनुभयो ।
फेस्टिभलमा बल्छी हान्ने, फ्रि स्टाईल फुटबल प्रतियोगिता, घोडा दौड, साईकलिङ, ५ ए साइड फुटबल प्रतियोगिता, बन्जी जम्प लागयतको प्रतियोगिता रहेको छ ।
कार्तिक १० गते शुरु गरिने ५ ए साईड फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार र द्धितीय हुने टिमलाई २५ हजार पुरस्कारको व्यवस्था गरिएको कार्कीले जानकार दिनुभयो । उक्त प्रतियोगितामा टिम दर्ता शुल्क ५ हजार राखिएको छ ।
त्यसैगरी अन्य प्रतियोगिता समय अनुसार गरिने कार्कीले जानकार दिनुभयो । यस पालि पहिलो पटक फ्रि स्टाईल फुटबल प्रतियोगिता अयोजना गरिएको छ। उक्त प्रतियोगितामा सवै खेलाडिले फ्रि रुपमा आफ्नो प्रदर्शन गर्नेछन् उत्कृटका आधारामा पुरस्कार पाउनेछन् ।
त्यसै गरि कात्तिक महिनामा नै गरिने घोडा दौड प्रतियोगितामा प्रथम हुनेले २० हजार र द्धितीय हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने छ । उक्त प्रतियोगितामा दर्तामा शुल्क ३ हजार लाग्ने छ ।
त्यसैगरी पोखरा महानगर पालिका कुषि शाखा र पशु निर्देशनालय कास्कीको सहययोगमा हुने वल्छी हान्ने प्रतियोगितामा वढि माछा वल्छीमा पार्ने व्यक्तिलाई आकर्षण पुरस्कारको व्यवस्था गरिएको छ ।
कार्यक्रमा बोल्दै पोखरा महानगर पालिका वडा नं. २५ कि कार्यवहाक अध्यक्ष धनाकुमार पोख्रेल तिम्सिनाले हेजमा पर्यटन पर्वद्धन गर्नका लागि अम्मट उपयुक्त थलो भएको बताउनुभयो। उक्त अवसरमा पोखराको खेलकुद पत्रकार मञ्च र स्थानिय वीच मैत्रिपूर्ण फुटबल प्रतियोगिता भएको थियो । उक्त कार्यक्रमको सञ्चालन स्थानिय शंकर थापाले गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives