सभापति लामिछाने पक्राउसँगै रास्वपाको पोखरामा विरोध प्रर्दशन

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ३, २०८१
1

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पक्राउ विरुद्ध पोखरामा विरोध प्रदर्शन भएको छ ।
सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेसँगै पार्टीका केन्द्रीय नेता तथा कार्यकर्ताले पोखरा विरोध प्रदर्शन गरेका थिए ।
पार्टीका केन्द्रीय नेताहरु सहितको टोलीले विरोध प्रदर्शनमा सम्वोधन गरेका थिए । सम्वोधनमा क्रममा सत्ताघटक नेपाली काँग्रेस र नेकपा एमालेसँग बढि आक्रासित देखिन्थ्य । सम्वोधनमा क्रमममा नेताहरुले राजनितिक प्रतिशोधका कारण पार्टीं सभापति रवि लामिछानेलाई पक्राउ गरेको भन्दै आक्रोस पोखेका थिए ।
विरोध सभा सँगै जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना वस्न जाने कार्यक्रम रास्वपाले राखेको थियो । तर जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले वुद्ध विशाल वजार अगाडि नै रास्वपाका कार्यकर्तालाई रोकेको थियो । यता सहकारी पिडित भने जिल्ला प्रहरी कार्यालय कास्की अगाडि आएर शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।
रास्वपाले कास्की र काठमाण्डौमा विरोध प्रदर्शन गर्ने जनाएसँगै अधिकांश केन्द्रीय नेताहरु भने पोखार आएका थिए । पार्टी सभापतिलाई लामिछानेलाई आईतबार म्याद थपका लागि कास्की जिल्ला अदालत पेश गर्ने प्रहरीको तयारी रहेको छ । रास्वपाले आईतबार १२ वजे जिल्ला अदालत कास्कीमा उपस्थिति जनाउन आग्रह गरेका छ ।
काठमाण्डौको वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सडक मार्ग हुदै शनिवार विहान ३ वजे पोखरा ल्याइएको हो । जिल्ला अदालत कास्कीबाट लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएसँगै सिआइबीका प्रहरी उपरीक्षक होविन्द्र वोगटीको टोलीले लामिछानेलाई पक्राउ गरेको हो । लामिछानेसँगै १४ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानविन समितिले लामिछानेलाई कारवाही गर्न नेपाल सरकारलाई सिफारिस गरेको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives