पोखरा । वी पी स्मृति पुस्तकालय गण्डकी प्रदेशको आयोजनामा नेपाली काँग्रेसको सभाकक्षमा विचार गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले सुवर्ण शमशेर र गणेशमान सिंहले नेपाली कांग्रेसको विरासतलाई वचाउन दिएको योगदानको वारेमा चर्चा गर्दै पार्टीमा लागेका कार्यकर्ताहरुले सिको गर्न सकेमात्र पनि प्रजातन्त्रमा ठूलो योगदान पुग्ने उल्लेख गर्नुभयो ।
स्थापनाकालिन आदर्शलाई व्यवस्थापनमा उतार्दै अगाडि बढेमा काँग्रेस कसैसँग झुक्नु नपर्ने र सधैं जनताको विश्वास जित्न सकिने शर्माले बताउनुभयो । उहाँले वीपी सिद्धान्त प्रयोग भएपनि कार्यान्यवयन नभएको हुँदा अब नेपाली काँग्रेसले त्यसलाई व्यवहारिक ज्ञानमा अगाडि बढाउनुपर्ने अवस्था आएको जानकारी गराउनुभयो ।
सभापति शर्माले राष्ट्र जोगाउनको लागि प्रजातन्त्र आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रियता, प्रजातन्त्र र समाजवादका बारेमा जानकारी गराउदै प्रजातन्त्र नरहे सम्म देशको विकाश र स्थिरता नहुने स्पष्ट पार्नुभयो । ‘प्रजातन्त्र नमान्नेहरु कुनैपनि समयमा विस्तापित हुने र हिजोको समयमा पनि विस्तापित हुँदै गएका छन्। हामी नेपालमा मात्रै नभई विश्वमा नै प्रजातन्त्र आवश्यक छ’– सभापति शर्माले भन्नुभयो ।
उपसभापति मेखलाल श्रेष्ठले सुवर्ण शमशेरलेको पार्टी र राष्ट्रलाई गरेको आर्थिक योगदान र गणेशमानले प्रधानमन्त्री त्याग गरी संविधान प्राप्त हुनुमा ठूलो त्याग गरेको बताउनुभयो। महामन्त्री विष्णुप्रसाद लामिछानेले अग्रज नेताहरुको त्याग र वलिदानीको उच्च कदर गर्दै स्मरण गर्नुभयो ।
पृथ्वीनारायण क्याम्पसका सह–प्राध्यापक होमनाथ पौडेलले नेपाली कांग्रेस, प्रजातान्त्रीक, समाजवादी, आर्थिक नीति र संस्थापक नेता सुवर्ण शमशेरको विषयमा जानकारी गराउनुभयो । प्रा.डा. वेदनाथ शर्माले नेपाली कांग्रेसः राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र गणेशमान सिंहको विषयमा जानकारी गराउनुभयो ।
पुस्तकालयका अध्यक्ष माधवप्रसाद बास्तोला (मधु)ले नेपाली कांग्रेसका संस्थापक नेताद्वय सुवर्ण शमशेरको ४३ औं स्मृति दिवस र लौहपुरुष गणेशमान सिंहको ११० औं जन्मजयन्तीको अवसरमा विचार गोष्ठी गरिएको जानकारी दिनुभयो ।
कार्यक्रमा वी पी स्मृति पुस्तकालय गण्डकी प्रदेशका सदस्य कमल सापकोटा कोषाध्यक्ष तथा नेपाली कांग्रेस गण्डकी प्रदेशका आमन्त्रीत सदस्य शिरोमणी बरालले बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना
जापानका सांसद र नगर प्रमुख आचार्यबीच भेटवार्ता
Archives
Archives