कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ५, २०८१
congress

पोखरा, ५ मंसीर । नेपाली काँग्रेस कास्कीको प्रशिक्षण विभाग प्रमुखमा युवराज कुँवरलाई जिम्मेवारी प्रदान गरेको छ ।
नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बुधबार वसेको बैठकले सर्वसम्मत कास्कीका उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको हो।
वैठकले विभिन्न कारणले रिक्त रहेका ४ जनालाई जिल्ला सदस्यमा चयन गरेको छ । जिल्ला सदस्यहरुमा वृद्धिमान गुरुङ, दयासागर सुवेदी, राजाराम पौडेल र दुर्गा अधिकारी चयन भएको नेपाली काँग्रेस कास्कीका सहसचिव नवीन सिग्देलले जानकारी दिनुभयो ।
बैठकले पार्टीका क्रियाशिल सदस्यता नविकरण गर्न शुरु गर्ने निर्णय समेत गरेको छ । नेपाली काँग्रेस कास्कीका सहसचिव शंकर ढु·ानाको संयोजकत्वमा रामजी प्रसाद कोइराल र सुरेन्द्र अधिकारी सदस्य रहेको पार्टीको लेवि व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ ।
त्यसैगरी बैठकले भरतप्रसाद तिवारी, भरत थापा, डिल्लिराम भट्टराईलाई आमन्त्रित सदस्यमा मनोनित गरिएको सहसचवि सिग्देलले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग