पोखरा, ७ मंसिर । पोखरामा मनमाया गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
शुक्रबार एक कार्यक्रमका बीच उक्त गीतको सार्वजनिक गरिएको हो । किरण शंकर र सुमिना लोको आवाजमा रहेको गीतलाई नेपाल आइडल सिजनवानका विजेता बुद्ध लामाले संगीत भर्नुभएको छ ।
राम अबिरल बिष्टको शब्द रहेको गीतको अडियो संयोजन लामाले नै गर्नुभएको हो । अर्को प्रोडक्सनको निर्माणमा तयार भएको गीतलाई रोहन नेपालीले निर्देशन गर्नुभएको हो भने अनुप गुरुङले खिच्नुभएको हो ।
म्युजिक भिडियोमा मिलन शंकर, अश्विनी शाही र राजेश बस्नेत लगायतको अभिनय रहेको छ । महिलामाथि दमन हुँदा पुरुष कसरी रक्षाकवच बन्छ त्यसलाई गीतको म्युजिक भिडियो मार्फत प्रस्तुत गरिएको छ । म्युजिक भिडियोले समाजको वेथालाई बोलेको छ ।
निर्देशन सँगै कथामा समेत रोहन नेपालीले मेहेनत गर्नुभएको छ । उहाँका अनुसार मनमाया गाउँको कथा हो । गीतमा रमाइलो भन्दा पनि सन्देश प्रवाह गर्न खोजिएको उहाँले बताउनुभयो । मनमाया गीतले सबैको मन छुनेमा उहाँ आशावादी हुनुहुन्छ ।
कलाकार मिलन शंकरले आफुले अहिलेसम्म थुप्रै म्युजिक भिडियोमा अभिनय गरेको तर गाउँले परिवेशको कथामा पहिलो पटक देखिएको उल्लेख गर्नुभयो ।
मनमायाका लागि आफु प्रस्तुत भएको पात्र नयाँ भएको भनाई उहाँको छ । नयाँ धुन र शब्दको संगम राम्रो भएकाले पनि मनमायाले आम जनमानसको माया पाउने उहाँले बताउनुभयो ।
गायक तथा संगीतकार विनोद बानियाँले पोखरामा पछिल्लो समय एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भएको देख्न पाउँदा खुशी लागेको बताउनुभयो ।
चलचित्र निर्देशक नेत्र गुरुङले मनमाया गीतमा मेहेनत देखिएको बताउनुभयो । छन् । मनमाया हाइलाइटस नेपाल युटुब मार्फत सार्वजनिक भएको छ ।
Related News
सम्बन्धित समाचार
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना
जापानका सांसद र नगर प्रमुख आचार्यबीच भेटवार्ता
जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन महासचिव गुटेरेसलाई राष्ट्रपति पौडेलको आग्रह
Archives
Archives