कास्कीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु(फोटो फिचर)

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १०, २०८१
1

पोखरा । कास्कीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । कास्कीमा विभिन्न कार्यक्रमको आयोजना गरी अभियान मंसीर २५ गते सम्म चल्ने छ ।
अभियानको शुभारम्भसँगै पोखरामा वृहत प्रभातफेरी ¥याली निकालिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्की, सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की, सामुदायिक सेवा केन्द्र एमव् सामुदायिक प्रहरी सेवा पृथ्वीचोक, बैदाम, बगर, माटेपानी, लेखनाथ, कालिका र हेमजाको संयुक्त आयोजनामा प्रभातफेरी ¥याली निकालिएको हो।
पोखराको मानवअधिकार चोक बाट शुरु भएको प्रभातफेरी ¥याली चिप्लेढुड्डा, न्यूरोड हुदै सभागृहमा आएर सभामा परिणत भएको थियो । ¥यालीमा नेपाल प्रहरी, शशस्त्र प्रहरी, आमा समूह, विभिन्न संघ संस्था, विद्यालयको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रशाशन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले घर टोल समाजमबाट हिंसा अन्त्य गर्नका लागि सवै सचेत भएर लाग्नु पर्ने बताउनुभयो ।
‘सवै भन्दा डर लाग्दो हिंसा घरेलु हिंसा रहेको छ’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नुभयो, ‘घरेलु हिंसा सँगै समाज हुने विभिन्न खालका हिंसालाई अन्त्य गर्नका लागि सवैले खवरदारी गर्नुपर्दछ ।’
हिंसा न्यूनिकरण गर्नका लागि नेपाल सरकारलाई ल्याएका कार्यक्रमलाई गाँउ गाँउमा पु¥याउन आग्रह गर्नुभयो ।
गण्डकी प्रदेश प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले हिंसा विरुद्धको अभियानमा आजको सहभागिताले एकवद्ध र प्रतिवद्ध भएको बताउनुभयो ।
‘यो अभियानमा हामी यसरी जोडिदै गर्दा सवै हिंसा विरुद्ध एकवद्ध छौ भन्ने सन्देश गएको छ’ प्रहरी नायव महानिरीक्षक सिंहले भन्नुभयो, ‘हिंसा सहदिन, हिंसा गर्दिन र हिंसाको आवज उठाउछु भन्ने प्रण सवैले गरौ हिंसा अन्त्य हुन्छ ।’
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबावु ओलियाले हिंसा अन्त्य गर्नका लागि समुदायमा सचेतना जगाउनु पर्ने बताउनुभयो ।
कास्कीमा मात्रै आर्थिक वर्ष ०७९÷०८० मा ६८ आर्थिक वर्ष ०८०÷०८१ मा ९२ वटा र आर्थिक वर्ष ०८१÷०८१ कात्तिक सम्म ३३ वटा केश परेको जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी नयाव निरीक्षक होतबहादुर रोकाहाले जानकारी दिनुभयो ।
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव घनश्याम तिम्सिना र लेखनथकी अध्यक्ष गंगाकुमारी खनालले पनि बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Trending

ट्रेन्डिङ्ग